Author: lilaraj

रोहित काफ्लेलकडाउनका कारण बजारमा तरकारीको अभाव देखिन थालेपछि झापा उद्योग वाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न निःशुल्क रुपमा तरकारीको बीऊ बिजन वितरण गरेको छ ।भारतमा उत्पादित तरकारीमा निर्भर झापाको भद्रपुरलगायतका बजारमा तरकारी आयात रोकिएपछि तरकारीको अभाव देखिएको हो भने मूल्य पनि आकाशिएको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण घरमै बस्नुपर्ने भएपछि फुर्सदमा रहेका परिवारका सदस्यलाई खेतबारीको काम गर्न प्रेरित गर्ने उद्देश्यले पनि तरकारीको बीऊ वितरण गरिएको संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिनु भयो । आजदेखि बीऊ वितरण थालिएको छ ।संघले ‘जागौं युवा जागौं, खेतबारी बाँझो नराखौं’, भन्ने युवालक्षित…

Read More

कनकाई अनलाईनसेवा निवृत्त कर्मचारी समाजले कोरोना बिरूद्ध लड्नका लागि भद्रपुर नगरपालिकालाई १० हजार ५०० आर्थिक सहयोग गरेको छ । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारको गाँस जुटाउन समाजले सो रकम सहयोग गरेको हो ।समाजका अध्यक्ष धनप्रसाद शिवाकोटी तथा सचिव चेतनाथ भट्टराईको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए ।समाजले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्दै आएका श्रमिकको गाँस जुटाउन सामाजिक उत्तरदायित्व अन्र्तगत रमक हस्तान्तरण गरेको सचिव भट्टराईले जानकारी दिए ।

Read More

कनकाई अनलाईननेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूवै उपप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाले आफ्नो विवाह भोजको खर्च कटाएर कोरोना रोकथाम कोषका लागि स्थानीय सरकारलाई आर्थिक सहयोग गरेका छन् ।सिटौलाले नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ मार्फत सो क्षेत्र भित्र रहेको एक नगरपालिका र ३ वटा गाउँ पालिकाका लागि एक—एक लाखका दरले आर्थिक सहयोग गरेका हुन् । यस्तै विवाह भोजको दिन पारेर श्यामले आफ्नो निवास रहेको भद्रपुर १० नम्बर वडा र पूरानो निवास स्थान विर्तामोड १० नम्बर वडा कार्यालयलाई पनि ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।यही बैशाख १४ गते विर्तामोड निवासी मनिषा विमलीसित विवाह बन्धनमा बाँधिएका श्यामले…

Read More

कनकाई अनलाईन बुद्धशान्ति १७ बैशाख । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन आज बुधबार बृहत रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको महासचिव दीपेन सिटौलाले जानकारी दिनुभयो । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष जेसी राईले सबैलाई धन्यवाद दिनुभयो । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा…

Read More

कनकाई अनलाईनभद्रपुर जेसीजले अति विपन्न परिवारका लागि गाँस जुटाउन भद्रपुर नगर सरकारलाई ४५० किलो चामल सहयोग गरेको छ ।१० वटा वडा रहेको भद्रपुरमा जेसीजले ६ नम्बर वडा बाहेकका १ देखि १० सम्मका ९ वटा वडालाई ५० केजीका दरले चामल सहयोग गरेको हो । यस्तै ६ नंम्बर वडालाई भने २५ केजी दाल र २०० केजी नुन सहयोग गरेको महासचिव खिलनाथ पाण्डे निकासले जानकारी दिएका छन् ।जेसीजका पदाधिकारीहरूबाट ६५०००।— (पैसठ्ठी हजार) र भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले रु १०,०००।— (दश हजार) गरी रू ७५,०००।— (पचहत्तर हजार) बराबरको खाद्यन्न नगर सरकारलाई सहयोग। गरेको हो ।वडा वडामा गएर खाद्यन्न सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा भद्रपुर…

Read More

कनकाई अनलाईनकनकाई सामुदायिक वन समुहका अध्यक्ष तथा होटल डिलाईटका संचालक ख्याम ओलीले कनकाई नगरमा रहेका अतिविपन्न परिवारलाई तत्काल राहत दिनु भएको छ । घरमै चुल्हेनै बल्न नपाएका घरपरिवारका लागि ओलीले कनकाई नगरपालिकाको सम्बन्धित वार्ड र टोल विकास समिति र कनकाईका क्षेत्रका सक्रिय पत्रकार समेतको सिफारिसमा युवा नेता ओलीले घरघरमै पुगेर आवश्यकता अनुसार राहत लिएर घर पुग्न थाल्नुभएको हो । नगरपालिकाबाट दिइने राहतमा प्राविधिक रुपमा मिलाउन ढिलाई हुने अवस्था आएमा ओलीले आफ्नै खर्चमा जनप्रतिनिधि समेतको रोहबरमा राहत बितरण सुरु गर्नुभएको हो । आज ओलीले कनकाई १ नम्बर वार्डको शान्ति टोलका अतिविपन्न २ परिवारलाई प्रतिपरिवार २० किलो चामल, २ केजी दाल, १…

Read More

✍️उदय मैनाली मानव समुदायले आफुलाई जती नै सर्वोतम प्राणीको श्रीपेच भिरेर प्राणी मात्रको उत्कृष्टता देखाउने कोसिस गरेपनि आखिरमा प्रकृतिको खेलसँग नतमस्तक हुनु पर्ने पाठ यसपालिको कोरोना महामारीले सिकाएको छ । प्रथम विश्वयुद्ध र द्धितिय विश्वयुद्ध हुँदै आणविक र परमाणविक शष्त्रअष्त्रको अहँमता र चिकित्सा क्षेत्रको व्यापक विकास हुँदा पनि कोरोना भाइरस सामु निरिहता प्रदर्शन गर्नु पर्दाको क्षण आज संसारका लागि अनौठो र पेचिलो विषयबस्तु बनेको छ । जल सन्य शक्ति, थल सन्य शक्ति, वायु सन्य शक्ति तथा अन्तरिक्ष सन्य शक्ति र संसार एक क्षणमा ध्वस्त पार्न सक्ने परमाणविक शक्ति हातमा हुँदा पनि आज महामारीको सामु घुँडा टेक्नु परेको यथार्थ सबैको लागि सोचनिय भएको…

Read More

कनकाई अनलाईन१८ चैत, काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए(नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । परिषद्को १४ वैशाखको निर्णयअनुसार चैत महिनाको घर भाडा मिनाहा गर्न घरबेटीलाई आग्रह गरिएको थियो । त्यसको कार्यान्वयन भए(नभएको अनुगमन स्थानीय तहबाट गर्ने निर्णय गरिएको छ । सम्बन्धित घरधनीले रोजगारीका कारण रोजगारी वा काम गुमाएका असंगठित बाहेकका अन्य श्रमिकसँग लकडाउन अवधिभर घरभाडा माग नगर्ने र निजहरुले आम्दानी गरेपश्चात घरबहाल रकम भुक्तानी गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय समेत गरेको छ । घरभाडा छुट गरेका घर मालिकलाई सो महिनाको…

Read More

कनकाई अनलाईनविश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । हालसम्म कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् । बिहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७…

Read More

कनकाई अनलाइन झापा,बैशाख १८।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा प्रथम बहुदेश्यीय सहकारी संस्था लिमिटेडले १३० बोरा मुरै सहयोग गरेको छ।संस्थाको शरणामतीमा रहेको साखाले उक्त सहयोग गरेको हो। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ । रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

Read More