कनकाई अनलाईन
नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूवै उपप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाले आफ्नो विवाह भोजको खर्च कटाएर कोरोना रोकथाम कोषका लागि स्थानीय सरकारलाई आर्थिक सहयोग गरेका छन् ।
सिटौलाले नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ मार्फत सो क्षेत्र भित्र रहेको एक नगरपालिका र ३ वटा गाउँ पालिकाका लागि एक—एक लाखका दरले आर्थिक सहयोग गरेका हुन् । यस्तै विवाह भोजको दिन पारेर श्यामले आफ्नो निवास रहेको भद्रपुर १० नम्बर वडा र पूरानो निवास स्थान विर्तामोड १० नम्बर वडा कार्यालयलाई पनि ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।
यही बैशाख १४ गते विर्तामोड निवासी मनिषा विमलीसित विवाह बन्धनमा बाँधिएका श्यामले कोरोना रोग संक्रमण त्रासका कारण बन्दाबन्दी भएपछि दैनिक ज्यालादारीमा जीविका चलाउनु पर्ने अति विपन्न परिवारका व्यक्तिलाई खाद्यन्न जुटाएर वितरण गर्न स्थानीय सरकारलाई रकम सहयोग गरेको जानकारी दिए ।
भद्रपुर नगरपालिकाबाट सुरू भएको आर्थिक सहयोग वितरण कार्यक्रम कचनकवल, हल्दिवारी हुँदै बाह्रदशीमा टुङ्गिएको थियो । कार्यक्रममा क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमली, जिल्ला सदस्य विजय रिजाल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, शिक्षक संघका सचिव योगेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।
Trending
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु