
कनकाई अनलाईन
सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई नगरपालिका र कनकाई नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा यहाँस्थित २९ जन युवा युवतीहरुका लागि निशुल्क एक महिने कफि बनाउने वारिस्टा तालिम सम्पन्न भएको छ ।
यहाँस्थित युनिक क्याफे सुरुङ्गामा सम्पन्न तालिमको विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, वडानम्बर ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडासदस्य गोविन्द सुवेदी, योजना साखाका प्रमुख बद्री दाहाल लगायातले प्रशिक्षार्थीहरुलाई आफुले सिकेका सिपलाई व्यावसायमा बदल्न सुझाव दिनुभयो ।
कार्यक्रम सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुष्पा भट्टराई कडेँलको सभापतित्व तथा सचिव लीलादेवि प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
एक महिनासम्म युनिक क्याफेमा चलेको उक्त तालिमको सहजीकरण प्रशिक्षकद्धय निरोज सुनुवार र अनुस्का प्रधानले गर्नुभएको थियो ।
तलिमपछि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


