Kanakai Online

सुरुङ्गामा प्रदेश स्तरीय भेट्रान आज धरान र विराटनगर भीडदै


सोमवार, वैशाख ७, २०८३ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा जारी चौथो कोशी प्रदेश स्तरीय भेट्रान प्रतियोगिताको खेलमा आज कोशी प्रदेशका २ चर्चित भेट्रान क्लवहरु धरान भेट्रान र विराटनगरको भेट्रान क्लवविच आमने सामने हुने भएका छन । सोमवार कनकाई माविको खेल मैदानमा हुने दिउसो ३ बजेको खेलमा यी दुई टिमविच प्रतिस्पर्धाको तालिम रहेको आयोजक कनकाई भेट्रान क्लवका अध्यक्ष श्यामकुमार राईले बताउँनुभयो ।
हिजो भएको खेलमा दुधे भेट्रान क्लवले अर्को ढल्के जोवन भेट्रान क्लव भद्रपुरको टिमलाई २÷० गोल अन्तरले पराजित गरेको थियो ।
दुधे भेट्रान क्लवका तर्फबाट केशन सेर्मा र लक्ष्मण अधिकारीले गर्नुभयो । खेलको म्यान अफ दी म्याच बिजयी टिम दुधे भेट्रानका कुमार जोशी हुनुभयो । उहाँलाई कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नगद पुरस्कार प्रदान गर्नुभयो ।
कोशी प्रदेशका आयोजक सहित १० टिम सहभागि यस प्रतियोगितामा कनकाई नगरपालिका लगायातको आर्थिक सहयोग रहेको छ । बिजयी हुने टिमले नगद १ लाख ११ हजार र दोस्रो हुने टिमले नगद ६७ हजार रुपैँया प्राप्त गर्ने छ । खेल कनकाई माविको खेल मैदान सुरुङ्गामा हुदैछ ।