Author: lilaraj

कनकाई अनलाईनझापा हात्तीपाइले रोग निवारण सम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिनुभयो । झापाको कचनकवल गाउँपालिका गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा ९रिपोर्ट० आउने उहाँले बताउनुभयो । १२ गते कचनवल र १३ गते कुमरखोदनमा सेम्पल सर्भे हुनेछ । सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन÷तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताउनुभयो । जिल्लामा हात्तीपाइले…

Read More

कनकाई अनलाईनझापा क्षेत्र नम्बर ४ को समानुपातिक तर्फको मतगणना सकिएको छ । समानुपातिकमा समेत नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले २३ हजार ४११ मत ल्याएर पहिलो बन्दा नेपाली कांग्रेसले १७ हजार ३७४ मत ल्याएर दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीले १५ हजार १६० मत ल्याउदै तेस्रो दल बन्दा माओवादी केन्द्र हसिया अथौडाले ६४६५ मत ल्याउदै चौथो दल बनेको छ । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ६४१५ मत ल्याएर पाचौ दल बनेको छ । झापा ४ मा संघिय लोकतान्त्रिक मंञ्चका दाप सहितको खुकुरीले १४०७ मत ल्याउदै छैठौ दल बनेको छ भने हाम्रो नेपाली पार्टीले १३३५ मतका साथ लौरो सातौ दल…

Read More

डम्बर खतिवडाहिन्दीमा एउटा उखान छ– ‘उपरवाले देता है तो छप्पर फाडके देता है !’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि भर्खरै सम्पन्न आम चुनाव यस्तै सावित भएको छ । मतदातालाई ‘उपरवाले’ र रवि लामिछानेको पार्टीलाई ‘भक्त’ मान्ने हो भने भगवानले भक्तलाई छानो फोरेरै मत दिएका छन् । विश्व राजनीतिमा नै पनि यस्ता घटना विरलै भएका छन् । कुनै पनि स्वरुपको आन्दोलन विना नेपालको राजनीतिक इतिहासमा त यो पहिलो घटना हो । पार्टी गठन गरेको केही महिना नबित्दै यो स्तरको चुनावी सफलता कुनै राजनीतिक दलले पाएका थिएनन् । नेपालमा कांग्रेस, कम्युनिस्ट र राजावादी दललाई परम्परागत शास्त्रीय दल मान्ने प्रचलन छ…

Read More

कनकाई अनलाईनबिर्तामोड नगरपालिका ९ मा धान बोकेको ट्रयाक्टर पल्टिदा शनिवार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ९ कंचन टोलका अन्दाजी ७२ वर्षिय बुद्धराज श्रेष्ठ रहनुभएको प्रहरीले जनाएको छ । शनिवार साँझ ६.३० बजेतिर थ्रेसर गरेको धान बोकेर आउँदै गरेको प्र१–०१–००१त ८४८९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा ट्रयाक्टरमा सवार धानधनी श्रेष्ठको मृत्यु भएको हो । ट्रयाक्टरको ट्रलीमा राखिएको धानमाथि श्रेष्ठ बस्नुभएको थियो । घाइते श्रेष्ठलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको थियो । घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

कनकाई अनलाईनझापा, मन्टेश्वरी एशोसिएसन अफ झापाले बिर्तामोडमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।१० वटा विद्यालयका विद्यार्थीको सहभागीतामा बिर्तामोड १ स्थित फुटसलमा प्रतियोगिता आयोजना गरिएको मन्टेस्वरी एशोसिएसन अफ झापाका सचिव अमर सुब्बाले जाकारी दिए ।शिक्षासेवी तथा पूर्व शिक्षक भक्तिप्रसाद मैनालीको प्रमुख आतिथ्य तथा मन्टेश्वरी एशोसिएसन अफ झापाका अध्यक्ष रामकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा फ्रग जम, रिले रेस, स्पोन रेस, म्याथ रेस, वुक व्यालेन्सिङ, वेलोन व्यालेन्सिङ, हन्ड्रेट मिटर रेस, स्वीट रेस जस्ता खेल खेलाइएको थियो ।पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई छुट्टा ÷छुट्टै प्रतियोगिताको आयोजना गर्दै खेल खेलाइएको थियो ।प्रतियोगितामा होलिकिड्स, हाम्रो पाठशाला , स्माटर्स मन्टेश्वरी, क्ट्सि जोन, ह्याप्पी किड्स,…

Read More

कनकाई अनलाईनसिभिल बैँकको १२ औ बार्षिक उत्सव सिभिल बैँक साखा सुरुङ्गामा मनाइएको छ ।कनकाई नगरपालिका ३ नम्बर वार्डका वार्डअध्यक्ष युवराज चम्लगाईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका प्रदेश सदस्य कुमारमणि पोखरेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमली, कनकाई उद्योग वाणिज्य संघका तारा प्रसाई लगायातको उपस्थिति रहेको थियो ।कार्यक्रममा सिभिल बैँक सुरुङ्गा साखाका प्रमुख प्रकाश निरौलाले केक काटेर सबैलाई प्रदान गर्नुभएको थियो । बार्षिकत्सवकै अवशरमा झापा गाउँपालिका ६ जनता माविका एकजना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको निरौलाले बताउँनुभयो ।

Read More

कनकाई अनलाईनझापा , मंसिर १० । झापा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले हारेपनि समानुपातिकतर्फ पार्टीले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभाका लागि झापा ३ मा कूल ८९ हजार ८४५ मत खसेको थियो । जसमध्ये ४ हजार ९२७ मत बदर भएको छ । सदर मतमध्ये कांग्रेसले सबैभन्दा बढी २५ हजार ५३५ मत पाएको हो । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ७४३ मत पाउँदा तेस्रो स्थानमा रहेको नेकपा एमालेले १९ हजार ४६० मत पाएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ मत पाउँदा नेकपा माओवादी केन्द्रले ७ हजार ५९५ मत पाएको मुख्य निर्वाचन…

Read More

कनकाई अनलाईनस्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा शनिवार बिर्तामोडमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष केशव बस्नेतको सञ्चालनमा सम्पन्न साधारणसभामा संस्थामा उत्कृष्ठता हासिल गर्ने सेवा केन्द्र, कर्मचारी, शेयर सदस्य, पत्रकारसहितलाई सम्मान गरिएको थियो । संस्थाका ज्येष्ठ शेयर सदस्य महमद गुलाव नवीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा माइन्युट प्रमाणित कार्यक्रममा एकजना पत्रकार लीलाराज झापालीसहित बजार प्रतिनिधि १५ जना, आन्तरिक कर्मचारी ८ जना, पारिवारिक बचतकर्ता ४ जना, असल बचतकर्ता, उत्कृष्ठ ऋणी, बाल बचतकर्ताहरु ४र४ जना गरी १२ जना, स्वरोजगार डिपार्टमेन्टलका उत्कृष्ट खरिदकर्ताहरु ३ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा ३ वटा सेवा केन्द्र, झरेन्द्र उप्रेती निरा उप्रेती, डिल्लीमाया…

Read More

कनकाई अनलाईनशिवसताक्षी । झापाको शिवसताक्षीमा १३ औं लैगिक हिंसा विरुद्धको अभियानको उद्घाटन गरिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान शनिबार शिवसताक्षीको नगरपालिकामा उद्घाटन गरिएको हो । नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बेनर बाचन गरेर उद्घाटन गरिएकी हुन् । उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले नगर भित्रका महिलाहरुलाई प्रभावकारी रुपमा लैंगिक हिंसा विरुद्धको अभियानमा सहभागी गराउन आग्रह गरेकी छिन् । नगर भित्रका कुन कुनमा रहेका र नगरपालिका सम्म आउन नसेका हिंसाबाट पीडित महिलाहरुलाई धेरै मात्रामा सहभागीता गराई कार्यक्रम गर्न सुझाइएकी थिइन् । उनले महिलहरुमा पनि नेतृत्व गर्ने क्षमता भएको र नगरका विभिन्न…

Read More

कनकाई अनलाईनझापा क्षेत्र नम्बर ४ का बिजयी सांसद लालप्रसाद साँबा एलपीले देशको विकास र निकासका लागि सबै दल मिल्नुनको विकल्प नभएको बताउँनुभएको छ । आज कनकाई नगरपालिका परिषरमा निर्वाचन कार्यालयले आयोजना गरेको कार्यक्रममा साँबाले बिजयी प्रमाणपत्र बितरण कार्यक्रममा प्रमाणपत्र बुझ्दै निर्वाचनमा बोलिएका र भए गरेको केहि तितो मिठो भए त्यहि छाडेर अव देशको विकासका लागि सबै दल र मनहरु एक हुनु जरुरी भइसकेको बताउँनुभयो । संघिय सांसदले मुख्यतय निति बनाउँने भएपनि जनताका असिमित आंकाक्षाका कारण विकास निर्माणका कुराहरुलाई समेत निर्वाचनका वेला कबोल गर्नुपरिरहेको भन्दै अब निति र विकासलाई एकसाथ अगाडि बडाउदै लैजाने बताउँनुभयो । देश विदेशमा भए गरिएका विकास निर्माणका…

Read More