
कनकाई अनलाईन
सुरुङ्गा । झापाको सुरुङ्गामा चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबल सुरु भएको छ ।
आयोजक सुरुङ्गा भेट्रान सहित कोशी प्रदेशका कुल १० टिम सहभागि रहेको यस प्रतियोगिताको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उदघाट्न गर्नुभयो ।
उद्घाटन खेलमा चारपाने भेट्रानले उर्लावारी भेट्रानलाई २÷१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको छ । यसैगरि दोस्रो दिन भएको खेलमा आयोजक कनकाई भेट्रान क्लव सुरुङ्गाले समेत जितको खाता खोलेको छ । कनकाई भेट्रानले मेचीनगर भेट्रानलाई २÷१ गोल अन्तरले पराजित गरेको हो ।
वैशाख १२ गतेसम्म हुने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ११ हजार रुपैँया र उपबिजेता हुने टिमले नगद ६७ हजार रुपैँया प्राप्त गर्ने आयोजक कनकाई भेट्रान क्लवका अध्यक्ष श्यामकुमार राईले बताउँनुभयो ।


