Kanakai Online

समाजसेवी थापाद्धारा आफ्नो जन्मदिनमा मातालाई साडी बितरण


बुधवार, वैशाख २, २०८३ |


कनकाई अनलाईन
झापा कनकाई नगरपालिका १ निवासी समाजसेवी शेरबहादुर थापाले आफ्नो ६३ औ बर्षको जन्मदिनमा यहाँस्थित ८० बर्ष माथिका १३ जना जेष्ठ माताहरुलाई साडी बाढ्नुभएको छ ।
कनकाई नगरपालिका ३ स्थित सरस्वती टोलमा रहेको जेष्ठ नागरिक चौतारीमा यहाँका १३ जना जेष्ठ माताहरुलाई साढी वितरण गर्नुभएको हो ।
कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष समेत रहनुभएका थापाको गत चैत्र ३० गते जन्मदिन परेको थियो । आफ्नो जन्मदिन तथा आउदै गरेको मातातीर्थ औशीको अवशर पारेर आफुले माताहरुलाई केहि सामाग्री वितरण गरेर आफुले आर्शिवाद मागेको थापाले बताउँनुभयो । जेष्ठ नागरिक संघ कनकाई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, प्यारागन एकाडेमीकी संस्थापक अध्यक्ष चम्पा सुवेदी खनाल, जेष्ठ नागरिक संघ कनकाईका सचिव कृष्णप्रसाद घिमिरे, जेष्ठ नागरिक कनकाई ३ का संयोजक डिल्ली पाठक लगायातले समाजसेवी थापाको कार्यबाट अन्य जन्मदिन मनाउनेहरुको कार्यशैलीमा समेत केहि उदाहरण बनेको बताउँनुभयो । यसैविच जेष्ठ नागरिक संघका अन्य सहभागिहरुले विशेष भजन किर्तन समेतको आयोजना गरिएको थियो ।

सम्बन्धित खबर