Kanakai Online

खर्च अभावमा ३ महिनादेखि ओछ्यानमै १३ बर्षिय बालक


शनिवार, चैत २१, २०८२ |

कनकाई अनलाईन
दुखीको घरमा मात्रै तेरो बाँस हुने भए हे, इश्वर मलाई दया गरी अझ दुख्ख दे । बालकृृष्ण समले यो पङति लेखेको अहिले दशकौ भइसकेको छ । तर यी एक लाईन कविता झापा कनकाई नगरपालिका ३ का यी १३ बर्षे अबोध वालककै लागि लेखेको जस्तो भएको छ ।


झापा कनकाई नगरपालिका ३ बौद्धिक टोलमा डेरागरी बस्ने राधा देउजालाई आफ्नो श्रीमानले छाडेर अन्यत्रै हिडेको पनि ठिक १२ बर्ष भयो अनि यो काखाको नानी तिलम देउजा अहिले १३ बर्षका भए । श्रीमान र घरपरिवारबाट माया नपाएपनि आफ्नो सन्तान हुर्काउनका लागि आमा राधाले कुनै कसर बाकी राखिनन । उनी गाउँभरी सुरुङ्गा बजार क्षेत्रमा धेरैको घरमा घरधन्दा सघाउने घर पुछिदिने लुगा धोइदिने काम गर्दै आएकी थिइन । यसरी अर्काको घरमा धाएर गरेको कामबाट आएको सिमित रकमले छोरा तिलकलाई पढाउने काम गर्दै आएकी थिएन आमा राधाले ।
तिलक पनि कनकाई माविमा कक्षा ७ मा पढ्दै आएका थिए । राम्रो पढाई भएको कारण आमालाई श्रीमानले छाडेपनि आफ्ना छोरा हुर्केपछि आफुलाई राम्रो हुनेमा आशावादी थिइन । दिनहरु राम्रैसग चल्दै थियो । हुनेहार दैव नटार भनेझै ३ महिना पहिले राधाको घरमा एकाएक ब्रज पर्यो । फुल टिप्न खोज्दा सडकेको छोरा तिलकको खुट्टा अलिअलि गर्दै टेक्नै नहुने भयो । खुट्टा सुनिदै जादा हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो । सुरुमा कनकाई नगरअस्पताल हुदै, विर्तामोडको विएण्डसी अस्पताल, निताई आयुवेर्दिक महेशपुर सम्म पुगेर औषधि गर्दा पनि तिलकको खुट्टा निको हुनाको साटो झन झन बल्झिदै गयो । अन्तिममा उपचारका लागि चाडो डिल्लीको अस्पताल लैजाने डाक्टरले सल्लाह दिएको तर त्यहाँसम्म लैजानका लागि भाडा समेत आफुसग नभएपछि तिलक विगत ३ महिनादेखि घरकै ओछ्यान लागेर बसेका छन ।
उनीलाई उपचारका लागि कम्तीमा पनि ५ लाख रुपैँया भारु लाग्ने अनुमान गरिएको छ तर आमा राधासग अहिले छोरालाई फलफुल खुवाउने ५ सय रुपैँया सम्म छैन ।
यहि छोराको अनुुहार हेरेर सारा पिर व्यथा भुलाउदै आएकी राधा अहिले छोराले छिन छिनमा दुख्यो भनेर रोएको पिडा सम्झेर भक्कानिछिन ।
जो कोही सहयोगी दाताहरुले मेरो छोराको जीवन वचाइदिनका लागि सहयोग गरिदिनुभए छोराको उपचारमा जानेथिए । राधाले भनिन । आफ्ना श्रीमान १२ बर्षदेखि भारतमा उत्तै रहदै आएको र सम्पर्कमा समेत नआएकोले आफ्नो सहारा कोहिपनि नभएको राधाको भनाई छ ।
उनलाई सहयोग गर्न चाहने जोकोहीले सिद्धार्थ बैँक सुरुङ्गा झापामा रहेको आमा राधा देउजाको नाममा रहेको खाता नम्बर ५५५१०९८८१२८ मा सहयोग रकम पठाइदिन वा तलको क्युआरमा सहयोग रकम प्रदान गरिदिन आमाले अनुरोध गर्नुभएको छ । विरामीको वारेमा केही कुरा बुझ्नुपर्ने भएमा आमा राधा देउजाको मोवाईल वा वाटसप नम्बर ९८२४०१६५०८ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
एक थुकी सुकि हजार थुकी नदि भनेझै सकेको सहयोग सबैले गरेर यी अबोध वालको जीवन रक्षा गरिदिन सबै सहयोगी मनहरुप्रति हामी कनकाई अनलाईन परिवार सादर अनुरोध गर्दछौ ।




सम्बन्धित खबर