
कनकाई अनलाईन
झापाको मेचीनगर नगरपालिका–६ भट्टराईचोकस्थित नेहा बेकरी अगाडि एक जंगली घाईते अवस्थामा रहेको भाले प्रजतिको गौरीगाईको मृत्यु भएको छ । बुधवार विहान करिव ७ः ३० बजेको समयमा जंगली जनावर गौरीगाई घाइते अवस्थामा फेला परेको थियो ।
बिहान करिब ७ः३० बजे स्थानीयवासीले सडक छेउमा उक्त जनावर सुतिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा खबर गरेका थिए । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । गौरीगाई दौडनेक्रममा पर्खालमा लडेर घाईते बनेको स्थानीयको भनाई रहेको छ ।
प्रहरीका अनुसार अर्ना भैँसीजस्तो भाले प्रजातिको गौरीगाईले हालसम्म कुनै मानवीय वा चौपायामा क्षति पु¥याएको छैन ।
जनावरको शरीरमा बाहिरी चोटपटकसमेत नदेखिएको प्रहरीले जनाएको छ । उक्त घाईते अवस्थाको जंगली गाईको केहि घण्टापछि मृत्यु भएको र यसको के कारणले मृत्यु भएको भनेर डिभिजन वन झापाको टोली घटनास्थलमा पुगिसकेको र पोस्टम्याटमपछि मात्रै खुल्ने डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहियार यादवले बताउँनुभयो । उक्त गौरीगाई छिमेकी मुलुक भारतको जंगलबाट नेपाल आएको हुनसक्ने र यो गाई नेपालको चितवन निकुञ्जमा मात्रै पाईने यादवले बताउँनुभयो ।


