Kanakai Online

अर्जुनधारामा मोटरसाईकल दुर्घटना, सुरुङ्गाका कुमालको मृत्यु


आइतवार, जेठ ३, २०८३ |

कनकाई अनलाईन
झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आईतवार बिहान .१०;३० बजे अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नं को मोटरसाइकल. आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कन्काई –४ बस्ने बर्ष ३५ का मनोज कुमाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँबाट थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

उपचारको क्रममा आईतवार साँझ ७ः२५ बजे घाइते कुमालको नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।