Kanakai Online

ग्लोबल एडुकेयर बन्यो कनकाईकै सर्वोकृष्ट विद्यालय


बिहिवार, वैशाख ३१, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरुलाई उछिन्दै ग्लोबल एडुकेयर एजुकेशन फाउण्डेशनले २०८२ सालको एसईइ परिक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल बनेको छ ।
कनकाई नगर शिक्षा कार्यालयले दिएको तथ्याङ्क अनुसार कनकाईका सबै २१ विद्यालय मध्ये ग्लोबल एडुकेयर एजुकेशनले सर्वाधिक उत्कृष्ट नतिजा ल्याएको हो । ग्लोबल एडुकेयरले सहभागि २० जना विद्यार्थी मध्ये ७ जना विद्यार्थीले ए प्लस अर्थात ३.६ भन्दा माथि जिपिए ल्याउन सफल बनेका छन । कनकाई शिक्षा साखाका अनुसार ग्लोबल एडुकेयरका १० विद्यार्थीले ए ग्रेट अर्थात ३.२ भन्दा माथिल्लो ग्रेट ल्याएका हुन । बाकी ३ विद्यार्थीले वि प्लसको नतिजा सहित सतप्रतिशतको नतिजा ल्याएको कनकाई नगरशिक्षा कार्यालयले जनाएको छ । ग्लोबल एडुकेयरलाई सर्वोकृष्ट विद्यालयका रुपमा पुरस्कृत समेत गरिने नगरपालिका कार्यालयले जनाएको छ ।
यता विद्यालयले अघिल्ला बर्षहरुमाझै यसवर्षमा समेत नगरकै सर्वोकृष्ट हुन पाएको भन्दै विद्यालयका प्रिन्सिपल बिमान लामाले विद्यालयको प्रगतिमा सबै विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारीको कडा मेहनतको प्रतिफल भएको प्रतिक्रिया दिएका छन ।
उनले विद्यालयले कोरा कितावी ज्ञानभन्दा पनि खेलकुदका रुपमा विकास गर्ने लक्ष्य राखेर केहि बर्षबाट विधागत प्रशिक्षक राखेरै फुटबल, क्रिकेट, भलिबल, कराते लगायातका खेलकुदहरुको एकाडेमीनै सञ्चालन गरिरहेको र खेलकुदमा विद्यार्थीले राम्रो नतिजा ल्याउदै नगरस्तरीय प्याब्सन, जिल्ला स्तरीय प्याब्सन र राष्ट्रपति रनिङ शिल्डमा समेत उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयका प्रबन्ध निर्देशक विशाल लामाले बताउँनुभयो । विद्यालय विट्रिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अबार्ड समेत प्राप्त गरिसकेको विद्यालय हुदा यस विद्यालयबाट अध्यान सकाएका विद्यार्थीहरुको अन्तराष्ट्रिय मान्यता समेत प्राप्त हुन सजिलो हुने विद्यालयले जनाएको छ ।
सम्भवत झापाकै कान्छो प्रिन्सिपल बिमान लामाको व्यावस्थापनमा सञ्चालित यस विद्यालयलाई आगामी बर्षहरुमा समेत जिल्ला र देशकै सर्वोकृष्ट विद्यालयका रुपमा विकास हुदै जाओस हाम्रो पनि बधाई शुभकामना ।

सम्बन्धित खबर