Kanakai Online

सडन डेथमा कमल गाउँपालिका भाग्यमानी


बुधवार, वैशाख ३०, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा जारी आठौ पालिका स्तरीय फुटबल प्रतियोगितामा कमल गाउँपालिकाले जित निकालेको छ ।
कमल गाउँपालिकाले बाह्रदशी गाउँपालिकाको टिमलाई सडन डेथमा स्तब्ध पार्दै जित निकालेको हो ।
खेलमा अग्रता भने बाह्रदशी गाउँपालिकाले बनायो खेलको सातौ मिनेटमा बाह्रदशीका दिपेश श्रेष्ठले गोल गर्दै अग्रता बनाए । तर दोस्रो हाफमा कमल गाउँपालिकाका विमर्श बराईलीले गोल गर्दै बराबरीमा पुर्याए ।
त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलियो । ट्राईब्रेकरमा समेत ४÷४ गोल भएपछि खेल सडन डेथमा गएको हो । जसमा कमल गाउँपालिका भाग्यमानी बन्न पुग्यो । बाह्रदशीका खेलाडीको प्रहार कमलका गोलकिपर उत्तम कार्कीले रोकेसगै कमल भाग्यमानी बन्यो । उनी खेलको म्यान अफ द म्याच समेत बने उनलाई इभान्ची निर्माण सेवाका सञ्चालक रमेश खरेलले नगद २ हजार १ सय रुपैँया प्रदान गरे । ्
भोलीको खेल झापा गाउँपालिका र भद्रपुर गाउँपालिकाको टिमविच हुने आयोजक कनकाई खेलकुद प्रतिष्ठाका सचिव रामप्रसाद निरौलाले बताउँनुभयो ।
कनकाई माविको खेल मैदानमा जारी खेलमा झापा गाउँपालिकाका १२ टिमको सहभागिता रहेको छ ।
खेलमा प्रथम हुने टिमले नगद १ लाख २० हजार तथा दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने छ ।

सम्बन्धित खबर