
कनकाई अनलाईन
कनकाई नगरपालिकाको कार्यालय र यहाँको निजि विद्यालयको संस्था कनकाई नगर प्याब्सनविच अधिकत्तम शुल्क लिन पाउनेवारेमा सहमति बनेसगै यस क्षेत्रका निजि विद्यालयहरुले लिन पाउने अधिकत्तम शुल्क निर्धारण भएको छ ।
जसमा नर्सरीमा ३१५० रुपैँया अधिकत्तम शुल्क लिन पाउने र कक्षा १० मा सबैभन्दा बढी मासिक शुल्क ४८०० रुपैँया लिन पाउने भएका छन ।
यसैगरि एलकेजीमा अधिकत्त मासिक शुल्क ३३३०, युकेजीमा ३४००, कक्षा १ मा ३४७०, कक्षा २ मा ३६००, कक्षा ३ मा ३७१०, कक्षा ४ मा ३८००, कक्षा ५ मा ३९६०, कक्षा ६ मा ४१००, कक्षा ७ मा ४२६०, कक्षा ८ मा ४३०० कक्षा ९ मा ४५७५ रुपैँया कक्षा १० मा ४८०० रुपैँया यसैगरी कक्षा ११ र १२ मा समान ४००० रुपैँया लिन पाउने सहमति बनेको छ ।
कनकाई नगरपालिकाका लेखा प्रमुख क्षेत्रनाथ शर्माको सभापतित्वमा भएको शुल्क निर्धारण कार्यक्रममा कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेती, कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद न्यौपाने, कनकाई नगर शिक्षाका प्रमुख राजकुमार ओडारी, नगर शिक्षा अधिकृत रोहित पौडेल, सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी सचिव लीला प्रसाई शिवाकोटी र यस क्षेत्रका १९ संस्थागत विद्यालयहरुका पिन्सिपलहरुको सहभागिता रहेको थियो । सहमतिमा केही विद्यालयका पिन्सिपलले विरोध गर्नुभएको थियो ।
यसरी निर्धारण गरिएको मासिक शुल्क भन्दा वढी रकम अभिभावकबाट लिएको पाइएमा शिक्षा ऐन २०७२ अनुसार पहिलो पटक जरिवाना र दोस्रो पटकदेखि स्कुलको दर्ता खारेज सम्मको प्रावधान रहेको छ ।
कनकाई नगरपालिकामा १९ वटा संस्थागत विद्यालय रहेका छन ।
यसबर्ष सरकारको निर्णय बमोजिम यस क्षेत्रका कुनैपनि विद्यालयले भर्ना शुल्क भने नलिएको कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले बताउँनुभयो ।


