Kanakai Online

भोलीदेखि सुरुङ्गामा पालिका स्तरीय फुटबल हुदै


शुक्रवार, वैशाख २५, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा भोली शनिवारदेखि कनकाई कप फुटबल प्रतियोगिताको आठौ संकरण हुने भएको छ ।
प्रतियोगिताको तयारीको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक कनकाई खेलकुद प्रतिष्ठानले जानकारी गराएको छ ।
आयोजक समितिका अध्यक्ष छवि थपलियाले पत्रकार सम्मेलनबाट जानकारी दिनुभएअनुसार कनकाई नगरपालिका सहित झापाका अन्य १२ पालिकाहरुको प्रतियोगितामा सहभागिता रहने भएको छ ।
जसमा कनकाई नगरपालिका, गौरीगञ्ज गाउँपालिकाबिच भोली २६ गते उदघाटन खेल हुने छ । खेलको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्दै हुनुहुन्छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २० हजार र दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने छ ।
विधागत पुरस्कारहरु समेत वितरण गरिने उक्त प्रतियोगिताको लागत खर्च कुल ५ लाख ९५ हजार ५०० रुपैँया रहेको छ । जसमा कनकाई नगरपालिकाले नगद ४ लाख रुपैँया प्रदान गर्ने र बाकी रकम अन्य दाताबाट संकलन गरिन लागेको आर्थिक समितिका संयोजक डम्बर फुयाँलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
खेलकुद प्रतिष्ठानले कराते, सन्थाल नृत्य, क्रिकेट, भलिवल लगायातका विभिन्न खेल प्रतियोगिताहरु गदै आएपनि मुख्यतय प्रतिष्ठानको आयोजनामा हुने महिला फुटबल र पालिकास्तरीय पुरुष फुटबल खेल भने लोकप्रिय मानिदै आएको छ ।
खेलकुद प्रतिष्ठानका सचिव समेत रहेका पत्रकार राम निरौलाका अनुसार खेलको सम्पुर्ण प्रचार प्रसारलाई तीब्र बनाइएको छ भने प्रतियोगिताको तयारी पूरा गरिसकिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, खेल सहजीकरण समितिका संयोजक दिलकुमार कार्की लगायातले खेल प्रतियोगिताको तयारीको वारेमा बोल्नुभएको थियो ।
सबै खेलको प्रत्यक्ष प्रशारण यस क्षेत्रका अनलाईनहरु कनकाई अनलाईन, सुरुङ्गा झापा अनलाईन लगायातबाट हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

सम्बन्धित खबर