Kanakai Online

दुबै हातखुट्टा गुमाएका उमेश खातीलाई दलित सञ्जालको सहयोग


बिहिवार, वैशाख २४, २०८३ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ५ बेनुबाजाका दुबै हात र खुट्टा गुमाएका २६ बर्षिय उमेश खातीलाई नेपाल दलित उत्थान सञ्जाल झापा सहित विभिन्न संघ संस्थाले आज नगद र खाद्यान्न सहयोग गरेको छ ।
१५ दिन पहिले मात्रै रोजगारीका लागि दुबईको राजधानी अबुधावीमा रगत संक्रमण हुने प्राणघातक रोग मेनिन्गोकोकल भएको थियो । जसका कारण उनको दुबै हात र खुट्टा काटनुपरेको थियो । श्रीमती, बाबुआमा, एक १६ महिने छोरी समेतको पालन पोषणको जिम्मेवारीमा रहेका उमेशको दुबै हातखुट्टा गुमेपछि अहिले परिवारनै वेसहारा बनेको छ । यसको समाचार कनकाई अनलाईन लगायात विभिन्न सञ्चार माध्यमबाट प्रकाशन भएपछि दलित समुदायका रुपमा समेत रहेका उमेशलाई आफ्नै समुदायबाट नगद १० हजार सहयोग घरमै पुगेर प्रदान गरिएको हो । नेपाल दलित उत्थान सञ्जाल झापाका अध्यक्ष दलबहादुर विश्वकर्मा, कनकाई नगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएकी कोषाध्यक्ष सावित्रा बर्देवा, सचिव गंगा गजमेर लगायातको उपस्थितिमा दुबै हातखुट्टा गुमाएका उमेशलाई नगद सहयोग गरेको हो ।


यसैगरी प्रजापति सामुदायिक वन समुहले समेत नगद ५ हजार र खाद्यान्न सहयोग गरेको छ । वन समुहका अध्यक्ष मात्रिका पोखरेल, सचिव दलबहादुर विश्वकर्मा लगायातको उपस्थितिमा उमेशलाई नगद र खाद्यान्न सहयोग गरिएको हो ।
यता कनकाई नगरपालिका ५ को एकता वाल क्लवका वालवालिकाहरुले आफ्नो खाजा खर्च कटाएर दुबै हातखुट्टा गुमाएका उमेश खातीलाई नगद ६ हजार ९०० नगद खातीको घरमै गएर सहयोग गरेका हुन । कनकाई नगरपालिका ५ का वडाअध्यक्ष कृष्णबहादुर राईको उपस्थितिमा वाल क्लवका वालवालिकाहरुले नगद सहयोग गरेका हुन ।


२ सातापहिले मात्रै दुबै हातखुट्टा काटिएर घरमै रहदै आएका उमेश खातीलाई आर्थिक सहयोग गर्न चाहने स्वदेश तथा विदेशमा रहनुहुने सहयोगी दातालाई उमेशका पिता टेकबहादुर खाती कामीको नाममा कुमारी बैँक सुरुङ्गा साखाको खाता नम्बर २९६०३४३६२४२००००१ मा रकम जम्मा गरिदिन वा तलको क्वीआरमा रकम जम्मा गरेर सहयोग गरिदिन सबैसमक्ष पिडित परिवारले अनुरोध गरेको छ ।




सम्बन्धित खबर