
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित कनकाई माविका विद्यार्थीहरुले अघिल्लो बर्षकाझै यसबर्ष २०८२ सालमा समेत एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनेका छन ।
कुल २२४ जना विद्यार्थी सहभागि भएको परिक्षामा ८ जना विद्यार्थीले ए प्लस अथार्त ३.६ जिपिए भन्दा माथिको नतिजा ल्याएको प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो । यसैगरि ३० जना विद्यार्थीले ए अर्थात ३.२ जिपिए भन्दा माथिको नतिजा ल्याएका हुन । यसैगरी ३० जना विद्यार्थीले बी प्लस अर्थात २.८ भन्दा माथिको नतिजा ल्याउदा ४० जना विद्यार्थीले बी अर्थात २.४ भन्दा माथिको जिपिए ल्याउन सफल बनेका छन ।


