
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा जारी पालिका स्तरीय आठौ फुटबल प्रतियोगितामा कनकाई नगरपालिकाको टिमलाई २—० गोलले पराजित गर्दै बिर्तामोड नगरपालिका बिजयी बनेको छ ।
आज सम्पन्न खेलमा बिर्तामोडका लागि म्यान अफ द म्याच बिजेता समेत रहेका दिशान्त राई र घनश्याम कार्कीले १÷१ गोल गरे ।
खेलको म्यान अफ द म्याच बिजेता खेलाडी राईलाई तिलाभक्ति टेडर्सका सञ्चालक भक्तिप्रसाद संग्रौलाले नगद २ हजार १ सय रुपैँया प्रदान गर्नुभयो ।
झापाको कनकाई नगरपालिका ३ कनकाई माविमा सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख २० हजार र दोस्रो हुने टिमले नगद ७५ हजार रुपैँया प्राप्त गर्ने छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आयोजित प्रतियोगितामा झापाका १२ टिमको सहभागिता रहेको छ ।
भोलीको खेल अर्जुनधारा नगरपालिका र बुुद्धशान्ति गाउँपालिकाविच हुने आयोजक समितिका सचिव रामप्रसाद निरौलाले बताउँनुभएको छ ।


