Author: lilaraj

कनकाई अनलाईनआफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगरकी शिक्षासेवी चम्पा खनाल सुवेदीले नगद ३१ हजार रुपैँया सहयोग गर्नुभएको छ ।प्यारागन एकाडेमीकी अध्यक्ष तथा कनकाई नगर सहकारी समन्वय समिति समेतकी अध्यक्ष रहनुभएकी खनालले उक्त रकम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरपालिकामा आयोजित विशेष कार्यक्रमका विच हस्तानतरण गर्नुभएको हो ।कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६५ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा…

Read More

कनकाई अनलाईनकनकाई नगरपालिका घाग्रा खोलादेखि कनकाई माई सम्मका राजमार्गमा रहेका जोखिमयुक्त रुखहरु लक डाउनकै बेला हटाइने भएको छ ।दुर्गापुर क्षेत्रका दुई सय पचास नागरिकले सडक किनारामा रहेको विद्युत पोलमा सटेका रुखहरुका कारण दुर्घटना बढेको र मानविय तथा भौतिक क्षति हुनसक्ने भन्दै हटाउन माग गर्दै कनकाई नगरपालिकामा ज्ञापन पत्र बुझाएपछि जिल्लाबाट आएको जिल्ला जाँचबुझ तथा अनुगमन समितिका संयोजक डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको नेतृत्वको टोलीले कनकाई नगरपालिकाको घाग्रा खोलादेखि कनकाई माईपुलसम्मको सडकका रुखहरु पैदलै हिडेर अनुगमन गरेको हो । अनुगमनमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर न्यौपाने , जिल्ला मालपोत कार्यालय , सडक,…

Read More

कनकाई अनलाईनप्रदेश नम्बर एककी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्याक्तिगत लगानीमा झापामा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।राज्यमन्त्री गजमेरले १५० थान पिपिइ, दुई हजार ८ सय थान सर्जिकल मास्क, ५०० थान सर्जिकल पंजा र १५० थान एन–९५ मास्क शुक्रबार स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो । विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर झापा आएर स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो । पौडेलले ती सामान झापामा दोस्रो कोरोना भेटिएको बाह्रदशी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई वितरण गरिने बताउँनुभयो । राज्यमन्त्री गजमेरले शुक्रबार नै बाह्रदशी गाउँपालिकाको कोरोना प्रभावित क्षेत्रमा पुगी त्यहाँको समस्याका वारेमा जानकारी लिनुभएको थियो । झापाको पहिलो कोरोना…

Read More

कनकाई अनलाईनअर्जुनधारा । बैशाखमा आएको बाढीले यहाँका एकजना पुरुषलाई बगाएर मृत्यु भएको छ । अर्जुनधारा १ सातकटेरी निवासी दुर्गाबहादुर खपाङ्गी मगरको शव सानो नेते खोलाको किनारामा भेटिएको हो । आज वैशाख २० गते शनिबार बिहान खपाङ्गी मगरको शव नेते खोलाको किनारमा भेटिएको हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङलाई उधृत गर्दै अर्जुनधारा नगरपालिकाका वडासचिव खगेन्द्र लिङ्देनले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका छन् । लिङ्देनले आफ्नो फेसबुक टाइमलाइनमा केही तस्वीरहरु पनि राखेका छन् भने हिजोमात्र उनले टाङटिङमा बेमौसमी बाढीको भिडियो पनि शेयर गरेका थिए । खपाङ्गीको मृत्यु के कसरी भयो भन्नेबारेमा तत्कालै केही भन्नु हतार हुने प्रहरीको भनाई छ । ‘हामी…

Read More

कनकाई अनलाईनमहेन्द्र राजमार्गमा रहेको घाग्रा पुलदेखि दुर्गापुर हुदै कनकाई नदिसम्मका बजारभित्र तथा बाहिर सडक किनारामा रहेका विद्युत पोलसग सटेका अग्ला रुखहरुले दुर्घटना वढाएको भन्दै ती रुख तत्काल हटाउन दुर्गापुरवाशीले माग गरेका छन ।कनकाई नगरपालिकामा २ सय ५० जनाले संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाउदै दुर्गापुर बजार क्षेत्रमा रहेका सडकको दुबै किनारामा रहेका विद्युतका पोलसग सटेकाअग्ला रुखहरुले ट्रान्सफर्मरमा क्षति तथा हावाहुरीका वेला हिडडुलमा समेत समस्या आउने गरेको हावाहुरीका वखत विद्युत पोलमा रुख सटिदा घरमा रहेका विद्युतीय उपकरण टेलिभिजन, फ्रीज जल्ने गरेको भन्दै यस क्षेत्रका सबै अग्ला रुखहरु हटाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । दुर्गापुर क्षेत्रमा रहेका ठुल्ठुल्ला रुखका कारण भवितव्य…

Read More

कनकाई अनलाईनकनकाई नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु भएको छ ।नगरपालिकाले अति विपन्त र मजदुरी गरि खाने परिवारलाई छनौट गरि यसअघि नगरपालिकाभर ३४६० परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिसकिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई अनलाईनलाई बताउँनुभयो ।पहिलो चरणमा राहत वितरण बैज्ञानिक तरिकारले गरिएको थियो । टोल विकास समितिद्धारा छनौट गरिएको परिवारलाई घरगाउँमै पुगेर राहत वितरण गरिएको थियो । घरका प्रति सदस्य ५ किलोका दरले चामल र अन्य खाद्य सामाग्री प्रदान गरिएको थियो । पहिलो चरणको राहत वितरण पछि दोस्रो चरणको राहत वितरण सुरु भएको हो । कनकाई नगरपालिका ९ बाट दोस्रो चरणको राहत वितरण सुरु भएको हो । नगरप्रमुख…

Read More

कनकाई अनलाईनचारपाने । कोरोना भाईरस कोभिड १९ महामारी को कारण खाद्ययन्न अभाव भएर समस्यामा परेका व्यक्ति परिवारलाई खाद्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तरगत अघी सारिएको ‘एकका लागि एक ‘ अभियान मार्फत राहत वितरण शुभारम्भ भएको छ । शनिबार बिर्तामोड–२, स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कुपन वितरण गरेर शुभारम्भ गरेका छन ।प्रमुख अतिथि रानाले कोरोना कहरको कारण देशनै लकडाउन भए पछी समग्र क्षेत्र प्रभावित बनिरहेको अबस्थामा अझ दैनिक श्रम गरेर खाने विपन्न परिवारलाई आज मजदुर दिवसको दिनबाट राहत वितरण गर्न सुरु गरेकोमा…

Read More

कनकाई अनलाईन१९ वैशाख, काठमाडौं । नेपालबाट गोल्यान एग्रोले दुबईमा खरबुजा र मेवा निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा गोल्यान एग्रोले बुधबार नेपालबाट फलफूल निर्यात गरेको हो । नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् । उक्त फलफूल गोल्यान एग्रो कम्पनीले निर्यात गरेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए । विशेष गरेर निर्यातजन्य उद्योगहरुमा लगानी रहेको पुरानो व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय…

Read More

कनकाई अनलाईन२० वैशाख, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साना–साना आगो निभाउने काम भने आइतबार बिहानसम्म पनि जारी छ । आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले…

Read More

कनकाई अनलाइन झापा,बैशाख १९।झापा गाउँपालीका र कनकाई नगरपालीकाको सिमानाको मुख्य सडक अमरपथ राजमार्गमा बासको ढाँट लगाइएको छ। कनकाई नगरपालीका-५ को वडाकार्यालयको निर्णानुसार ढाँट लगाइएको ढाँट निरिक्षण गर्न बसेका स्थानिय सदिक आलमले कनकाई अनलाइनलाई बताए। उत्तरमा महेन्द्र राजमार्ग दक्षिणमा नेपाल भारत सिमा लसुना सम्म पुग्ने मुख्य सडक अमरपथ राजमार्गमै बासको ढाँट लगाएपछी अत्यावश्यक सवारीसाधन,खाद्यान्न बोकेको गाडी,कर्मचारी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार,एम्बुलेन्स आदीलाई मात्र सडक पार गर्न दिइएको आलमले बताए। कोभिड-१९ को संक्रमण फैलन नदिन बिगत तीन दिन अगाडि देखि झापा गाउँपालीका-६ र कनकाई नगरपालीका-५ को सिमामा उक्त ढाँट लगाएर आंँफू नियमित बिहान छ बजे देखि बेलुका छ बजे सम्म मानिसको आवतजावतको निरिक्षण गरिरहेको आलमको भनाई छ।

Read More