Author: lilaraj

कनकाई अनलाईनविगत लामो समयदेखि कनकाई नगरपालिकालाई आधारक्षेत्र बनाएर झापा जिल्लाभर सामाजिक गतिविधि गर्दै आइरहेको ज्ञानज्योती युवा क्लव सुरुङ्गाले यस क्षेत्रका सामाजिक तथा शैक्षिक व्याक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ । क्लवले आफ्नो कार्यालयमा विशेष कार्यक्रमको विच सल्लाहकारलाई स्वागत सम्मान समेत गरेको छ । क्लवले आफ्नो कार्याकालका लागि पुर्व जनप्रतिनिधि भीमप्रसाद अधिकारी, कनकाई नगरपालिका ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, पुर्व बैंकर लीलाप्रसाद उप्रेती, पुर्व राष्ट्रसेवक कर्मचारी दिनेश उप्रेती, शिक्षासेवी सागर ढुङ्गाना, संगितकार कुमार पालुङ्गा , पुर्वशिक्षक बिजय श्रेष्ठ, समाजसेवी उमानाथ सिटौला र पत्रकार लीलाराज झापालीलाई सल्लाहकारमा नियुक्त गरेको छ । सल्लाहकारले स्वागत सम्मान कार्यक्रममा ज्ञानज्योती युवा क्लवलाई आवश्यक परेको वेला सल्लाह सुझाव…

Read More

✍️उदय मैनाली विपत्तिहरु इतिहासमा नआएका होइनन् । यसले निम्त्याएका बहुआयमिक र दुरगामी प्रभावहरु सहनुको विकल्प मानवसँग छैन । तथापी यसको लागि सजगता र पूर्व तयारी भने आवश्यक विषयहरु हुन् , जुन विपत्तिका अगाडी कहिल्यै पर्याप्त हुँदैनन् । हालको विश्वको अवस्था पनि यस्तै महामारीले पिल्सिएको छ । जसबाट हामी सकेसम्म जोगिने प्रयत्नमा लागेका छौँ । यस्ता महामारीबाट बच्न धेरै हदसम्म व्यक्तिगत सोच, मनोभावना र आ–आफ्ना सामार्थ्यको महत्वपूर्ण भूमिका रहन्छ । यस्ता विपत्तिहरु समयको अन्तरालमा र प्रकृतिको नियमित प्रक्रियाको रुपमा समय समयमा आइरहेको हुन्छन् । भविष्यमा यो भन्दा डरलाग्दो अवस्थाको सामना गर्न तयार रहनुपर्ने अवस्था पनि आउन सक्छ । विपदले अनेकौँ समस्या र प्रकोपिय स्थिति…

Read More

कनकाई अनलाईनआफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नर्वदेश्वर किर्तन मण्डलीले ११ हजार १ सय रुपैँया सहयोग गरेको छ ।किर्तन मण्डलीका अध्यक्ष झलनाथ खतिवडा,सचिव सीता अधिकारीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम नगरपालिकामै गई हस्तानतरण गर्नुभएको हो ।रकम प्राप्त गरेपछि बोल्दै नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरले सो रकम गरिब परिवारको राहत वितरण र स्वास्थ्यमा खर्च गरिने बताउँनुभयो । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर दोस्रो चरणको राहत वितरण सकिएको छ । यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण…

Read More

कनकाई अनलाईनमन्जुश्री आधारभुत बिद्यालयल शिवसताक्षी ४ रङ्गेथानमा भुतपुर्व विद्यार्थी समाजले विद्यालय परिवार र शिक्षक विद्यार्थीलाई ५० हजार नगद बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।समाजका अध्यक्ष सुरेन्द्र प्रधान, उपाध्यक्ष गुरुप्रसाद रावबंशी, सल्लाहकार रामकुमार दाहाल, सचिव निशान लिम्बु, सदस्यहरु नारायण राजबंशी, दिलिप सहनी लगायातको टोलीले विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष अधिकचन ताजपुरिया , विद्यालयका प्रअ जयनारायण ताजपुरिया लगायातलाई मास्क, सेनेटाइजर, साबुन, ग्लोब लगायातका सामाग्री प्रदान गरिएको हो । यसैविच विद्यालयका अभिभावकहरुलाई समेत उक्त सामाग्री प्रदान गरिएको थियो । आगामी केही दिनभित्रै दोस्रो चरणको खाद्यान्न राहत सामाग्री समेत समाजले वितरण गर्ने बिद्यार्थी समाजका अध्यक्ष तथा प्रधान मेडिसिन सेन्टर सुरुङ्गाका प्रमुख सुरेन्द्र…

Read More

कनकाई अनलाइन झापा,बैशाख २९।झापा गाउँपालीकाको स्वास्थ्य साखाको टिमले आज २० जनाको स्वाब संकलन गरेको छ।देस तथा बिदेसबाट आएर क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्याक्तीहरुको स्वाब संकलन गरिएको हो। झापा गाउँपालीकाका विभिन्न वार्डमा होम क्वारेन्टाइनमा राखिएका मानिसहरुबाट स्वाब संकलन गरि PCR रिपोर्टका लागि बिराटनगर पठाइएको झापा गाउँपालीकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।संकलित स्वाबको PCR रिपोर्ट भने पर्सि बुधबार मात्र आउने बिश्वकर्माको भनाई छ। तेस्रो मुलुकबाट आएका तथा भारतको जमातीबाट आएका आसंका गरिएका व्याक्तीहरुको स्वाब संकलन गरि पठाइएको झापा गाउँंपालीका स्वास्थ्य साखाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउनु भयो। झापा गाउँपालीकामा अहिले क्वारेन्टाइनमा १६ जना छन भने होम क्वारेन्टाइनमा…

Read More

कनकाई अनलाईनसूर्योदय क्लव कनकाई नगरपालिकाको तर्फबाट कनकाई १ को वार्डमा ज्वरो नाप्ने थर्मल गन सहितको स्वास्थ्य सामाग्री आज प्रदान गरिएको छ ।वार्ड अध्यक्ष रोषनराज पोखरेलाई क्लवका तर्फबाट नगर प्रमुखले स्वास्थ्य सामाग्रीहरु ज्वरो नाप्ने थर्मल गन, ४ सय पिस मास्क र आवश्यकिय ग्लोव प्रदान गरिएको हो । क्लवका तर्फबाट वार्ड कार्यालयलाई १८ हजार मुल्य बरावरको स्वास्थ सामाग्री प्रदान गरिएको सूर्योदय क्लावका संस्थापक अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउँनुभयो । स्वास्थ्य सामाग्री क्लवका पुर्वअध्यक्ष शिवप्रसाद लुइटेल, सुर्योदय बाल क्लबकी सपना सुवेदी बडा बाल क्लबका कुमार कोईराला लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष रोशनराज पोखरेल सदस्य देबी प्रसाद अधिकारी सीता अधिकारी लाई…

Read More

कनकाई अनलाईनकोरोना महामारीका कारण लकडाउन लम्बिएसँगै विपन्न वर्गका परिवारलाई राहत दिन सञ्चालित ‘एकका लागि एक’ अभियानले ३० घरपरिवारलाई राहत वितरण गरेकोे छ । अभियानले झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा विपन्न ३० घरपरिवारलाई आज राहत वितरण गरेको हो । अभियानले स्थानीय तहसँगको सहकार्यमा राहत वितरण गरेको हो । राहत वापत प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र एउटा नुहाउने र एउटा कपडा धुने सावनसहित २ वटा सावुन राहत वापत वितरण गरिएको थियो । कनकाई नगरपालिका वडा नं। ९ का अध्यक्ष प्रेमप्रसाद राजबंशीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए…

Read More

कनकाई अनलाईनपत्रकार महासंघ झापाले पत्रकारलाई राहत दिन बिर्तामोड नगरपालिकामा कुनै पत्रकारको नाम सिफारिस नगरेको जनाएको छ । झापाबाट प्रकाशित प्रतिदिन दैनिकको अनलाइन संस्करण प्रतिदिन डेली डटकम र झुल्केघाम अनलाइनले पत्रकारिताको गरिमामा आँच पु¥याउने र महासंघले निर्णय नै नगरेको विषयमा महासंघलाई जोडेर भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रति आपत्ति प्रकट गरेको छ । कोरोना भाइरस कोभिड–१९ का कारण सञ्चार क्षेत्रमा जटिल परिस्थिति सिर्जना भएकाले पत्रकारको सुरक्षा र अवस्थाका बारेमा पत्रकार महासंघ गम्भीर भए पनि कहीँकतै राहतका लागि नाम सिफारिस र राहत माग नगरिएको महासंघ झापा अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो । ‘अहिलेको अवस्था जटिल छ, यस्तो अवस्थाबाट सञ्चार क्षेत्र पनि अछुतो छैन’, उहाँले…

Read More

कनकाई अनलाईन२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका( ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍( ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो…

Read More

कनकाई अनलाइन झापा,बैशाख २९।झापा गाउँपालीकाले डिल्लीराज माविमा बनाएको अस्थाई क्वारेन्टाइनबाट आज १४ जनालाई घर पठाइएको छ।उनीहरुको समयावधी पूरा भएपछी क्वारेन्टाइनबाट घर पठाइएको हो। भैरहवाबाट आएका उनीहरुलाई क्वारेन्टाइन अवधी १४ दिन पुगेपछी RDT टेस्ट गर्दा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएपछी क्वारेन्टाइनबाट घर पठाएको झापा गाउँपालीकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।झापा गाउँपालीकामा स्थायी बसोबास रहेका उनीहरुलाई उनीहरुको घर पठाए पनि ७ दिन सम्म होम क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको बिश्वकर्माको भनाई छ। १४ जनाको ग्रुपमा दुई जनाको भने स्वाब संकलन गरि PCR परिक्षणका लागि बिराटनगर पठाइएको स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउनु भयो। अहिले झापा गाउँपालीकाले बनाएको डिल्लीराज माविको…

Read More