कनकाई अनलाईन
झापाको बिर्तामोडमा बैँकको कार्यालयमा ढुंगा हान्ने दुर्गा प्रसाईका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार दिउसो १२ः ४० बजेको समयमा दुर्गा प्रसाई समर्थित राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ महाअभियानको युवा दस्ताको आयोजनामा भएको र्याली र कोणसभापछि आक्रोसित करिब ४०÷५० जनाको युवा समुहले बिर्तामोडस्थित ज्योति बिकास बैँक र एभरेष्ट बैँकमा ढुङ्गा प्रहार गरि सिसाहरु फुटाएपछि उक्त समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले बताउँनुभयो ।
प्रहरीले दुबै बैँकको सिसाहरु फुटाउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका ३ का २७ बर्षिय मनकुमार तामाङ्ग, बिर्तामोड नगरपालिका ५ निवासी ३४ बर्षिय बुलेट भनिने अन्जेश राई, बुद्धशान्ति गाउँपालिका ४ बस्ने बर्ष १६ का दिपेश राई र बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष १८ का पवन दुलाल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ । बिहिवारनै उनीहरुको समुहले बिर्तामोड सिटीसेन्टरबाट र्याली निकालेर राष्ट्र राष्ट्रियता र धर्म सस्कृति बचाउ महाअभियानको युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बाम्पोको नेतृत्वमा विरोध र्याली समेत निकालेको थियो । पक्राउ परेका सबैको हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केहि महिनादेखि अभियानका नाममा झापा विर्तामोडका मेडिकल व्यावसायी दुर्गा प्रसाईले बैँक, वित्तीय संस्था सहकारी र खासमा लघुवित्त बिरुद्ध गतिविधिहरु गर्दै आएका छन .
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा