Author: lilaraj

कनकाई अनलाईनकनकाई नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा ३६ हजार रुपैँया सहयोग गरेको फ्रेडर्स ग्रुप नेपाली मंचले भारतका बिभिन्न स्थानमा अलपत्र परेका र लक डाउनका कारण खान नपाएका नेपालीहरुका लागि नगद एक लाख भारु (नेपाली १ लाख ६० हजार रुपैँया सहयोग गरेको छ ।झापा सुरुङ्गाबाट उक्त रकम अध्यक्ष गंगाबहादुर तामाङ्ग, उपाध्यक्ष पदम तामाङ्ग, सचिव गोविन्द सुवेदी लगायातको टोलीले सुरुङ्गाबाट उक्त रकम भारतमै रहेका आफ्ना कोषाध्यक्ष समेत रहेका बिक्रम सुब्बाका नाममा पठाएको छ । उक्त रक भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरुलाई खाना खुवाउनका लागि प्रयोग गरिने अध्यक्ष गंगाबहादुर तामाङ्गले बताउँनुभयो । हामी त जेजस्तो खाएर भएपनि आफ्नै देशमा छौ प्रवाशी…

Read More

कनकाई अनलाइन भद्रपुर,बैशाख २९।भद्रपुर नगरपालीका-७ डाफे चौक आसपासमा किसानका पाक्न लागेका मकै हात्तीले नस्ट पारेको छ।गए राती ८ वटाको संख्यामा आएको हात्तीको समूहले मकै खाएर कुन्चेर सखाप बनाएको हो। यहाँका किसानको करिब ७० हजार मूल्य बराबरको मकै हात्तीले नस्ट पारेको स्थानिय कृषक सुक्र दाहालले कनकाई अनलाइनलाई बताउनु भयो। हात्तीको समूहले स्थानिय राम घिमिरेको घर भत्काएको तर कुनै मानविय क्षति भने नगरेको दाहालले बताउनु भयो।

Read More

कनकाई अनलाईनथप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै कपिलवस्तु जिल्लाका हुन्। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज विहान मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो। संक्रमितहरुको उमेर १८ वर्षदेखि ३४ वर्षका छन्। एकजनाको उमेर नखुलेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरु सबै पुरुष हुन्।

Read More

नवराज कट्टेलविराटनगर, वैशाख २८ गते । साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना ९कोभिड–१९० सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज हुनुभयो ।भोजपुर हतुवागडी–६ का २६ वर्षीय राई वैशाख १३ गतेदेखि अस्पतालमा उपचारत भई आइतबार डिस्चार्ज हुनुभएको हो । तर, उहाँले संसारलाई असर पु¥याइरहेको कोरोनाले आफ्नो स्वास्थ्यमा कुनै प्रभाव नपारेको बताउनुभयो ।मलाई केही भएकै थिएन र अहिले पनि केही भएकै छैन, राईले भन्नुभयो– मलाई कोरोना छ भनेर डाक्टरलाई मात्रै थाहा छ ।उहाँ फागुन २७ गते साउदी अरबबाट घर फर्कनु भएको थियो । घर फर्केको ४६ दिनपछि सङ्क्रमित भएको खबरले आफूलाई सुरुमै कुनै पनि डर…

Read More

कनकाई अनलाइन झापा,बैशाख २८।झापा गाउँपालीकाको आज बसेको विपद व्यवस्थापन समितिको बैठकले झापा गाउँपालीकाका सिमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्वार गर्न आव्यश्यक पहल गर्ने निर्णय गरेको छ।अलपत्र परेका नेपालीहरुलाई क्वारेन्टाइन सम्म ल्याउने बाताबरण मिलाउन नेपाल सरकार तथा प्रदेस सरकार संग आव्यश्यक पहल गरिने निर्णय भएको हो। भेलामा नेपाल भारतको सिमा क्षेत्र दसगजामा नेपालीहरु अलपत्र हुने क्रम बढेको भन्दै नेपालीहरुले दु:ख पाएको बिषयमा बहस चलेको थियो।बहसमा केन्द्र सरकारको निर्देसन अनुसार नेपालमा भएका भारतियहरु नेपालमै रहने र भारतमा भएका नेपालीहरु भारतमै रहने भनिए पनि व्यबहारिकरुपमा त्यस्तो हुन नसकेको बिषयमा चर्चा भएको थियो।नेपाल सरकारको कानुन भन्दा स्थानिय सरकार माथी नहुने भन्दै नेपाल सरकार र…

Read More

कनकाई अनलाईनझापा, २८ वैशाख । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहनुभएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री…

Read More

कनकाई अनलाईनसत्तासिन दल नेकपाको भातृ संगठन अनेरास्ववियुले आज सुरुङ्गा चोकमा भारतद्धारा सिमा मिचिएकोमा विरोध प्रदर्शन गरेका छन ।भारतीयले सिमा मिचेको विरोधमा अखिलका विद्यार्थी नेताहरु उत्सव बास्तोला, नविन राई, नविन सिटौला, रविन गुप्ता, अनुप भण्डारी, कृतिका गौतम, अर्जुन चौधरी, जीवन नेपाल लगायातले भारतले मिचेको नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा तत्काल छाड्नुपर्ने भन्दै चर्को नाराबाजी गरेका थिए । आफुहरुले सामाजिक दुरी कायम राखेरै सरकारलाई दवाव श्रृजना गर्न देशव्यापि बिरोध गरेको बिद्यार्थी नेता नविन राईले बताउँनुभयो । बिद्यार्थीले नारावाजी सहित बजार घुमेर सुरुङ्गा चौकमा कोषसभा गरेको विद्यार्थी नेता नविन सिटौलाले बताए । कार्यक्रमको संचालन अनुप भण्डारीले गरेका थिए ।

Read More

कनकाई अनलाईनकोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरि खाने सर्बसाधरणहरु वढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतवारदेखि निःशुल्क खाना दिन शुरु भएको छ । लकडाउनका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियानले आइतबारदेखि निःशुल्क खाना वितरण शुरु गरेको । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई खाना दिन सुरु गरिएको अभियानका खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिनुभयो । गत वैशाख १९ गते मजदुर दिवसको दिनदेखि शुरु भएको अभियानले हालसम्म एक हजार विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिसकेको छ । अभियानले कम्तिमा दुई हजार परिवारलाई खाद्यान्न वितरण गर्ने योजना बनाएको अभियानका संयोजक महेन्द्रकुमार…

Read More

कनकाई अनलाईनठुलो परिणामको लागु औषध ब्राउन सुगर सहित आइतबार आज कनकाई नगरपालिका ४ सुरुङ्गाका एक व्याक्ति पक्राउ परेका छन ।इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले कनकाई ४ का प्रदिप बुडाथोकीलाई १७ ग्राम अबैध लागुऔषध ब्राउन सुगर र नगद २३ हजार सहित आफ्नै घरबाट पक्राउ गरेको हो । सुरुङ्गाकै एक होटलमा काम गर्ने महिला प्रयोगकर्तालाई ब्राउन सुगर बिक्री गर्न खोज्दा बुडाथोकी पक्राउ परेको प्रहरीले जनाएको छ । बुडाथोकी लामो समयदेखि ब्राउन सुगरको विक्री गर्दै आएको प्रहरीको दावी छ । पक्राउ परेका बुडाथोकी र बरामद ब्राउन सुगर र नगद इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखि प्रहरीले अनुसन्धान सुरु…

Read More

कनकाई अनलाइन झापा,बैशाख २८।झापा गाउँपालीकाको आज बसेको विपद व्यवस्थापन समितिको बैठकले यहाँ रहेका पसल तथा अत्यावश्यक सामान खरिद बिक्री गर्न बिहान ६ बजे देखि १० सम्म पाउने निर्णय गरेको छ।गाउँपालीकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको भेलाले उक्त निर्णय गरेको हो। गत सुक्रबार जिल्ला विपद व्यवस्थापन समितीको बैठकले गरेको निर्णय माथी बहस गर्दा यहाँका पसलहरु खोल्ने समय ६ बजे देखि १० बजे सम्म बनाइएको हो। खाद्यान्न,मल,बीउ विजन,इटा विक्री केन्द्र,बैंक वित्तिय संस्थाहरु,हार्डवयेर,मोटर्स पार्टसका पसलहरु ६ बजे देखि १० बजे सम्म खोल्न पाउने निर्णय गरिएको झापा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनु भयो।

Read More