Author: lilaraj

कनकाई अनलाइन झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी शम्भु शाहले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । शाहले अाफ्नो पसल अगाडि नै उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।यो विपदको घडीमा झापा गाउँपालीकाका विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको शाहले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो। शाह सुरुङ्गामा रहेको शुभम मेडिसिनका संचालक समेत रहनु भएको छ। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ…

Read More

कनकाई अनलाईन लायन्स क्लव अफ कनकाई सुरुङ्गाको टोलीले कनकाई नगरपालिकाको ५ सय घर परिवारलाई ४ लाख ३ हजार रुपैँया बराबरको राहत सामाग्री घरघरमै पुगेर हस्तानतरण गरेको हो । यो सहयोग कनकाई नगरपालिकामा हालसम्म गरेको सबैभन्दा ठुलो सहयोग हो । लायन्सले झापा गाउँपालिकामा समेत १ लाख २७ हजार रुपैँया बराबरको सहयोग लायन्सले घरघरमै पुगेर झापा गाउँपालिकाको गरिब बस्तीमा २ सय परिवारलाई घरघरमै पुगेर राहत सामाग्री हस्तानतरण गरेको लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताउँनुभयो ।लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको नेतृत्वमा गएको लायन्स र लियो क्लव अफ कनकाईका युवा टोलीले कनकाई नगरपालिकाका सबै ९ वटै वार्डको घरघरमा पुगेर प्रतिपरिवार १५ किलो चामल, एक…

Read More

कनकाई अनलाई१४ वैशाख, काठमाडौं । लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आइतबार बस्ने भएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । यसअघि शनिबार बसेको कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

Read More

कनकाई अनलाईनआफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगरपालिका ३ निवाशी प्रदेश सरकारका स्वास्थ्य आर्पूति व्यावस्थापन केन्द्रका प्रमुख तथा सुभम मेडिकल सेन्टरका संचालक सम्भु शाहले नगद ११ हजार रुपैँया सहयोग गर्नुभएको छ । शाहले कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम प्रदान गर्नुभएको हो । शाहले कनकाईका सक्रिय पत्रकारलाई समेत अत्यावश्कीय स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको छ । शाहकै पहलमा कनकाई नगरपालिका तथा झापा गाउँपालिका क्षेत्रमा थप स्वास्थ्य सामाग्रीहरु समेत आएको बताइएको छ । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६० लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण…

Read More

कनकाई अनलाईनझापा निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्वूले १ महिना लामो लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन बिताउँदै आएका दुई सय सर्वसाधारणलाई उद्धार गरेर झापा पठाएका छन् । अस्पतालमा उपचारका लागि गएका, विद्यार्थी र देश भ्रमणमा रहेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सर्वसाधरणलाई सांसद साँवाले शनिबार राती १ बजे झापा पठाएका हुन् । सांसद साँवाका स्वकीय सचिव सिकीन पासवानका अनुसार ६ वटा सार्वजनिक यातायातका बसमा २ सय जना सर्वसाधारण झापा आएका हुन् । कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले काठमाण्डौबाट आउँदै गरेका आफ्ना नगरबासीलाई कोरोना भाइरस बिरुद्ध लड्नकालागि लकडाउनको पूर्ण रुपमा पालना गर्दै होमक्वारेन्टाइनमा बस्न अनुरोध गरेका…

Read More

कनकाई अनलाईनकनकाई नगरपालिका ३ सुरुङ्गा निवासी सम्भु शाह र श्रीमती ममता शाहले यस क्षेत्रका ३ पत्रकारलाई एन नाइन्टिन फाइफ मास्क सहितको सुरक्षा सामाग्री प्रदान गर्नुभएको छ ।सम्भु शाह प्रदेश सरकारको आपुर्ति व्यावस्थापन केन्द्रको प्रमुख तथा सुभम मेडिसिन सेन्टर सुरुङ्गाका संचालक समेत रहनुभएको छ । शाह दम्पत्तीले पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली , प्रेस क्लव कनकाईका संस्थापक अध्यक्ष तीर्थराज खरेल तथा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलालाई एन नाइन्टिन मास्क, सेनेटाइजर, ग्लोब , सर्जिकल मास्क लगायातको १० हजार मुल्य बराबरको सुरक्षा सामाग्री आज हस्तानतरण गर्नुभएको हो । शाह दम्पतीले आफ्ना दिवंगत पिता तथा यस क्षेत्रका पुराना होटल व्यावसायी विश्वनाथ शाहको…

Read More

कनकाई अनलाइन झापा,बैशाख १२।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)ले प्रभाव पारेको नियमित खोपलाई झापा गाउँपालीकाले विशेष सतर्कताका साथ हिजो देखि सुरु गरेको छ। यस नियमित खोप अभियान बैशाख ११ गते देखि १५ गते सम्म चल्ने स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउँनु भयो।हिजो देखि संचालन गरिएको नियमित खोप झापा गाउँपालीकाका विभिन्न वडाका लगभग ८७ जना बच्चाहरुलाई लगाइएको र लगभग ३७ जना गर्भवती महिलालाई TD खोप लगाइएको स्वास्थ्य अधिकृत न्यौपानेले बताउँनु भयो। झापा गाउँपालीकाले छ जना सकृय स्वास्थ्यकर्मी र थप सहयोगी स्वास्थ्यकर्मी समेतलाई परिचालन गरि नियमित खोप अभियानलाई जारी राखेको छ।वडाका तोकीएका खोप केन्द्रमा सुरक्षाकर्मीको समन्वयमा भिडभाड हुन नदिइ खोप अभियान जारी रहेको…

Read More

कनकाई अनलाइन झापा,बैशाख १२।इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा विशेषगरी मुस्लिम समुदायका व्यक्तिहरुले सामुहिक रुपमा मस्जिदमा कम्तीमा पाँच पटक नवाज पढ्ने, कुरान पढ्ने र इफ्तार गर्ने गर्छन। यसरी हुने भिडभाडलाई रोक्न मुस्लिम संगठन नेपालका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह-इन्चार्ज साजेमान सेखले आम मुस्लिमहरुलाई आग्रह गरेका छन।उनले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन। उनको प्रेस बिज्ञप्ती जस्ताको तस्तै। रमदान मुबारक सम्पूर्ण मा! आस्सलामो अलैकुम सम्पूर्ण मुस्लिम आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्ब प्रथम म हाम्रो मुस्लिम समुदायको यसै १३ गते बाट सुरु हुन गइराखेको रमजान को अग्रिम सुभकामना ब्यक्त गर्द छु र यो एक महिने लामो लिने रमजान को…

Read More

कनकाई अनलाइन झापा,बैशाख ११।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी किशोरीप्रसाद गणेशले दस हजार एक सय रुपैयाँ सहयोग गर्नु भएको छ । गणेशले एक विशेष कार्यक्रम वीच उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भयो। यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको गणेशले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो। गणेश झापा वजारमा रहेको साधना स्टोरका संचालक समेत रहनु भएको छ। झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग…

Read More

नेपाली समाजको राजनैतिक पक्षको ऐतिहासिक पृष्ठभूमी हेर्ने हो भने गोपाल वंशको ९०० ई.पू. देखि ७०० ई.पू. सम्मकोे समय, महिषपालहरुको ७०० ई.पू. देखि ६२५ ई.पू. सम्मको समय, किराँतहरुको ६२५ ई.पू. देखि १०० ईस्वी सन सम्म र लिच्छवीहरुको १०० ईस्वी सन देखि ८८० ईस्वी सन सम्मको इतिहासलाई हेर्न सकिन्छ।त्यसबेलाको समाज कृषि र पशुपालनमा आधारित सामन्त प्रवृत्तिको राज्य चरित्र भएको थियो । यद्यपी प्राचीन नेपालको राजनैतिक आर्थिक प्रणाली सुदृढ, एकताबद्द र आत्मनिर्भर थियो भन्ने ऐतिहासिक विश्लेषण पाइन्छ । जहाँ खास वंशका व्यक्तिले राज्य चलाउँथे । त्यो सबै वंशजका आधारमा हुने प्रणाली थियो । त्यहाँ एक वंश पछि अर्को व्रश उदाउँदा राजनीतिमा वंशगत परिवर्तनको…

Read More