कनकाई अनलाईन
भद्रपुर जेसीजले अति विपन्न परिवारका लागि गाँस जुटाउन भद्रपुर नगर सरकारलाई ४५० किलो चामल सहयोग गरेको छ ।
१० वटा वडा रहेको भद्रपुरमा जेसीजले ६ नम्बर वडा बाहेकका १ देखि १० सम्मका ९ वटा वडालाई ५० केजीका दरले चामल सहयोग गरेको हो । यस्तै ६ नंम्बर वडालाई भने २५ केजी दाल र २०० केजी नुन सहयोग गरेको महासचिव खिलनाथ पाण्डे निकासले जानकारी दिएका छन् ।
जेसीजका पदाधिकारीहरूबाट ६५०००।— (पैसठ्ठी हजार) र भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले रु १०,०००।— (दश हजार) गरी रू ७५,०००।— (पचहत्तर हजार) बराबरको खाद्यन्न नगर सरकारलाई सहयोग। गरेको हो ।
वडा वडामा गएर खाद्यन्न सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर जेसीजका अध्यक्ष डिल्लीराम पोखरेल, महासचिव खिलनाथ पाण्डे निकास लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ