सुरुंगा । विद्युत सट भइ आगलागी हुँदा झापा कनकाई नगरपालिका ३ का लक्ष्मी भेटवालको परिवारको विल्लीबाठ भएको छ ।
घरमा ताला लगाएर मलामी गएको भेटवाल परिवार दिउँसो अढाइ बजे घरमा एक्कासी आगोलागेको खबार टेलिफोनबााट गाउँलेले सुनाउँदा मर्माहत बने ।
दिउँसो दुई बजेको समयमा विद्युत् सट भइ भेटवालको घरमा आगो सल्किएको थियो । छिमेकीले देखेर होहल्ला गर्र्दै दमकल र प्रहरीलाई खबर गरेका थिए ।
र, आफैं पानी, केराको पत्ताबाट आगो निभाउन प्रयास गरे पनि भेटवालको घर बचाउन सकेनन् ।
ढिलो गरी झापाका बिर्तामोड र मेचीनगरका दमकल घटनास्थल पुगे पनि समय धेरै ढिला भइसकेको थियो ।
इलाका प्रहरी कार्यालय, सुरुंगाका एक सय म्यादी प्रहरीसहित गाउँले र प्रहरी मिलेर आगो अन्यत्र फैलनलाई रोकेका थिए ।
घर आगलागी हुदा लत्ताकपडा, खाद्यान्न, नगद ६० हजार, ५ तोला सुन, नागरिकता लगायतका कुनै पनि कागजात झिक्न नसकिएको पीडित भेटवालले कनकाई अनलाइनलाई बताए ।
आगलागीबाट विचल्ली भएको भेटवालको परिवार हाल स्थानीयकोमा आश्रय लिएर बसेका छन् ।
आगलागीबाट ५० लाख रुपैयाँको क्षती भएको पीडित परिवारले जनाएको छ ।
https://youtu.be/Mq42mDvv34k