कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कनकाई १ नम्बर बार्डले ५१ हजार रुपैँया सहयोग गरेको छ । पार्टीका तर्फबाट वार्डअध्यक्ष ऋषि खतिवडा, सचिव दलबहादुर विश्वकर्मा, पार्टी इन्चार्ज प्रेमप्रसाद अधिकारी , नेकपा नेता एवम् वार्डनम्बर एकका वडाध्यक्ष रोषनराज पोखरेल, वार्डसदस्य देविप्रसाद अधिकारी , नगर सदस्य कृष्णप्रसाद खतिवडाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम हस्तानतरण गर्नुभयो ।
यसअघि नेकपाको नगर कमिटीले समेत ५१ हजार रुपैँया कनकाई नगरपालिकाको राहत कोषमा जम्मा गरिसकेको छ । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६० लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।