लीलाराज झापाली ।
कनकाई नगरपालिका ३ सुरुङ्गाका युवा कृषक दण्डपाणि गौतम (डिपी)ले हाल लक डाउनका वेला पुरै गाउलेलाई दुध खुवाइरहनुभएको छ ।
हाल डिपि गौतमको प्रतिक पशुपालन कृषि फार्ममा ३० वटा गाई रहेको छ । जसमा १२ वटा गाईले नियमित दुध दिइरहेको छ । जसमो कम्तीमा पनि १७० लिटर दुध उत्पादन भइरहेको छ । गौतमले हालसम्म आफ्नो दुध विक्रीका लागि डेरीको सहारा लिनु नपरेको र सबै दुध गोठमै आएर विक्रि हुने गरेको गौतम बताउँनुभयो । विहान र वेलुकी गाई दुहुने वेलामा गौतमको गाईगोठमा दुध थाप्ने भाडो लिएर गाउँलेहरु जाने गरेका छन ।
जसका कारण गौतम र गाउँले दुबैलाई फाइदा मिलेको छ । गाउँलेले लकडाउनका वेलामा पनि सुद्ध दुध खान पाएका छन भने गौतमको दुधले समेत बजार पाएको छ । हाल दैनिक ८० परिवारले गौतमको घरबाट दुध लिएर खाईरहनुभएको छ । गौतम उनीसमेत श्रीमती मन्जु र अन्य ४ जनालाई रोजगारी दिनुभएको छ । गाईको घाँसका लागि गौतमले ६ बिगाह जमिन भाडामा लिनुभएको छ । आफ्नो गाईफर्मबाट घरमै वसि बसी सबै खर्च कटाएर मासिक ५० हजार रुपैँयासम्म कमाई गरिरहनुभएका गौतमले यसअघि १० बर्षसम्म खाडीको घाँममा कडा परिश्रम गर्नुभएको थियो । विदेशमै रहदा आफुले उपभोग गर्ने अलमराई कम्पनीको दुध परिकारको कम्पनीको भ्रमण गरि त्यहाँ रहेका नेपाली कामदारबाट गाइपालनवारे थोरै अनुभव लिएर नेपालमै साझेदारीमा केहिवर्ष गाईपालन गरेका गौतमको टीमले देशकै उत्कृष्ट गाइपालकको पुरस्कार समेत थापेका थिए । साझेदारीवाट छुट्टिएर एकल लगानीमा ४ बर्षदेखि सुरुङ्गा बजारमा आफै गाइपालन सुरु गरेका गौतमले गाईपालन सुरु गरेपछि कहिल्यैपनि पछि फर्कनुपरेको छैन ।
गौतमलाई यसबर्षको उत्कृष्ट गाईपालन कृषकका रुपमा एक लाख नगद सहित पुरस्कृत समेत गरिसकेको छ । हाल लिटरको ६० रुपैँयाका दरले दुध विक्रि गरिरहनुभएका गौतमको सरकारसग दुइवटा गुनासा रहेको छ । पहिलो झोलामा गाईको फार्म बोक्ने कृषकलाई नभएर साच्चै गोबर सोर्ने कृषकलाई अनुदान दिनुपर्ने र दोस्रो सरकारले कम्तीमा पनि वाच्छी मात्रै पाउने सिमेन्ट उपलब्ध गराउनुपर्ने छ ।
जहिलेपनि देशमा केहि भएन भनेर आफ्नै देशलाई सराप्ने नेपालीहरुलाई गौतमको एउटै सुझाव छ कि विदेशको घाँमभन्दा नेपालको काम प्यारो मानेर गर्नुपर्छ यहि सुन फलाउन सकिन्छ ।