Kanakai Online

सुरुङ्गामा लक डाउन तोड्नेलाई तातो घाँममा राखियो


शनिवार, चैत २९, २०७६ |

कनकाई अनलाईन
लक डाउनका वेला विना काम यताउती कुदने गर्ने भएको छ भने होसियार आजबाट कनकाई नगरपालिका सुरुङ्गामा यसरी विनाकाम लक डाउन तोड्नेलाई प्रहरीले तातो घाममा उभ्याउन थालेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरीले आज दर्जनौ विनाकाम लकडाउन तोड्नेलाई सुरुङ्गा चोकमा घाँममा उभ्यिाएको हो । प्रहरीको सजाय दिने यो काईदालाई देशमै मनपराइएको छ । प्रहरीले लक डाउन तोड्नेलाई सर्वप्रथम लक डाउन तोडनको कारण वारे सोध्ने काम गर्दन र उचित कारण दिन नसकेको खण्डमा जहाँ वढी घाँम लागेको हुन्छ जहाँ सबैले देख्छन त्यहि लगेर २ घण्टा उभ्याईन्छ । यसो गर्दा शारिरीक र नैतिक सजाय लक डाउन तोडनेलाई हने गरेको छ ।

काठमाण्डौ , विर्तामोड लगायातका स्थानमा एकपटक तातो घाँममा उभ्याएको व्याक्तिले पुन लक डाउन नतोडेको बताइएको छ ।

सम्बन्धित खबर