कनकाई अनलाईन
झापा कनकाईका समाजसेवी युवा व्याक्तित्व तथा लायन्स क्लव तथा सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले झापा कनकाई र झापा गाउँपालिकाक्षेत्रका सक्रिय पत्रकारलाई कोरोना भाइरसकाबाट बच्न पिपिई र मास्क प्रदान गर्नुभएको छ ।
यस क्षेत्रमा राहत वितरण तथा समाचार संकलनमा सुरुदेखिनै खटिनुभएका नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा गोरखापत्रकर्मी लीलाराज झापाली , कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष तथा सुर्योदय टेलिभिजनका सम्वाददाता रामप्रसाद निरौला, कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईँलाई एक एक थान पिपिई प्रदान गर्नुभएको हो ।
पत्रकारहरु जस्तोसुक्कै जोखिममा पनि समाचार संकलन र सहयोग हस्तानतरणमा जानैपर्ने बाध्यता भएकोले आफुले निजि लगानीमा यी सामाग्री खरिद गरि प्रदान गरेको चिमरियाले बताउँनुभयो । यसैगरि चिमरिया र सहारा नेपालको सयुक्त लगानीमा यस क्षेत्रका कनकाई नगरपालिका , झापा गाउँपालिका लगायात जिल्ला भरका महत्वपुर्ण प्रहरी र ट्राफिक प्रहरी र स्वास्थ्य कर्मीलाई २५ थान पिपिई प्रदान गर्नुभएको छ ।
चिमरियाले प्रदान गरेको सुरक्षा सामाग्रीले जनताको सुचनाको हकमा लाग्न थप मद्धत मिलेको पत्रकार महासंघ झापाका लीलाराज झापालीले बताउँनुभयो । चिमरियाको यो सहयोग देशमै पहिलो पत्रकारलाई सहयोग भएको दावी गरिएको छ ।