Kanakai Online

सुरुङ्गा र झापा गाउँपालिकामा एक ट्रक ग्यास भित्रियो


आइतवार, चैत १६, २०७६ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गा हुदै झापा गाउँपालिकाको शरणामती, कामाटोली र झपा बजारसम्म एक ट्रक सिलिण्डर ग्यास भित्रिएको छ ।
पाथिभरा कम्पनीको उक्त ग्यास यस बजारमा भित्रिएसगै यस क्षेत्रका उपभोक्तालाई राहत मिलेको छ । पछिल्लो समय सिलिण्डर ग्यास जतिपनि भित्रिएपनि उपभोक्ताले ग्यास संचित गरेर राख्ने क्रम बढेपछि भने बजारमा ग्यासको अभाव देखिने गरेको छ । उपभोक्तालाई ग्यास संचित गरेर नराख्न समेत स्थानीय सरकारले अनुरोध गरेको छ ।