Kanakai Online

क्वारेन्टाइनमा बस्नुपर्नेमा धामीको भर


शनिवार, चैत १५, २०७६ |

कनकाई अनलाईन
गत चैत ६ गते कुवेतबाट झापा कनकाई नगरपालिका ३ सुरुङ्गा आएकी एक युवती लगातार विरामी भएपछि धार्मी झाक्रीकै भरमा उपचार गराइरहेको पाइएको छ ।
कनककाई नगरपालिका ३ की युवती नियमअनुसार सोझै क्वारेन्टाइनमा जानु पर्ने हो तर गाउँघरका मानिसहरुले प्रहरीमा खबर गर्दा सम्बन्ध विग्रर्ने भयले खबर नर्गनाले उनी घरमै वसिरहेकी स्थानीय टंक गुरागाईँले बताउँनुभयो ।

तर उनी लगातार विरामी परेपछि भने स्थानीयवाशी समेत त्रसित बनेका छन । यसवारेमा जनप्रतिनिधिलाई सुनाउदा महिला हुन राख्ने ठाउँपनि छैन घरमै बस्नु भन्ने सम्मको आदेश आएपछि उनी घरमै रहेको स्थानीयको भनाई छ तर उनी लगातार विरामी भएपछि कनकाई नगरपालिका तथा झापा शिवसताक्षीकै चर्चित धामीकोमा उपचार गर्न दैनिक लगेपछि थप शंका उब्जाएको स्थानीयको भनाई छ । यता घरमै होम क्वारेन्टाइनमा बस्ने सर्तमा उनीलाई छाडेपनि दैनिक घरबाहिर ओहोर दोहोर गर्न थालेपछि अव के गर्ने भन्ने वारेमा छलफल भइरहेको स्थानीय जनप्रतिनिधि युवराज चम्लगाईले बताउँनुभयो ।
तस्वीर ः लकडाउनका कारण चक्कमन्न सुरुङ्गा बजार