Kanakai Online

झापा सदरमुकामै लक डाउन फेल


शुक्रवार, चैत १४, २०७६ |

कनकाई अनलाईन
कोरोना संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनलाई मिच्दै झापाको सदरमुकाम स्थित चन्द्रगढी बजारमा नेपाल तथा भारतीय व्यापारीको भीड लागेको देखिन्थ्यो । हरेक सोमवार र शुक्रवार बजार लाग्ने चन्द्रगढीमा आज देखिएको दृष्यले सरकारको निर्देशन मान्न व्यापारीदेखि क्रेतासम्म तयार छैनन् भन्ने पुष्टि गरिरहेको थियो ।
चौक चौकमा प्रहरी नखटिएका पनि होइनन् तर, यस भीडले सुरक्षाकर्मीले गरिरहेको ड्युटीमाथि नै प्रश्न भने उठाइ दिएको छ ।