Kanakai Online

नेविसंघ कनकाई द्वारा नगरप्रमुख र प्रहरीलाई ध्यानाकर्षण पत्र


सोमवार, चैत १०, २०७६ |

कनकाई अनलाईन
झापाको कन्काई नगरपालिकामा क्वारेन्टाइन र आइसोलेशन रुमको व्यवस्था गर्न नेविसंघ कन्काईले नगरप्रमुख राजेन्द्र पोखरेल , ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदम सुन्दर लिम्बु र स्वास्थ सेवा केन्द्र सुरुङ्गा प्रशासन प्रमुख डा बिधा पोखरेल समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेविसंघका कन्काई नगर सभापति सागर ढकालको नेतृत्वमा गएको टोलीले नगरप्रमुख पोखरेललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ ,

विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी कोरोना भाईरस ९ऋइख्क्ष्म् (ज्ञढ० को सङ्क्रमण रहेको कुरा हामी सबैलाई जग जाहेरनै छ । यस्तो बिपतको स्थितिमा नेपाल विद्यार्थी संघ चिन्ता व्यक्त गर्दछ । साथै हाम्रा नगरवासी सम्पूर्णको स्वास्थ्य अवस्थालाई सहज रुपमा सेवा प्रदान गर्न अईसोलेसन रुप र क्वारेन्टाइनको व्यवस्था गर्न नेविसंघ कन्काई नगरसमिति यस नगर कार्यपालिका समक्ष विशेष ध्यानाकर्षण गराउन चाहन्छ । साथै सम्पूर्णमा विशेष सावधानी अपनाउनु हुन् समेत अपिल गर्दछौ ।