Kanakai Online

झापा गाउँपालिका लक डाउन


आइतवार, चैत ९, २०७६ |

केशव चापागाई
झापा गाउँपालिका भोलि मिती २०७६ चैत १० देखि चैत २१ सम्म बन्द गर्ने निर्णय गरिएको छ।गाउँपालीका कार्यालयले आज सर्वदलिय बैठक बोलाई सो निर्णय गरेको हो।

कोरोना भाइरस(कोभिड(१९)को संक्रमण हुन नदिन गाउँपालीकाले गाउँपालीकाको कार्यालय,वडाकार्यालय,बजार,पसल आदि सबै बन्द गर्ने निर्णय गरेको छ।

गाउँपालीकाले कुमरखोदमा रहेको श्री डिल्लीराज मावी र शरणामतीमा रहेको श्री जनता उच्च मावीको भवनलाई क्वारेन्टाइन बनाउने भएको छ।क्वारेन्टाइनका सामग्री जुटाउन तथा कोरोना भाइरसको संक्रमणको पहिचान गर्न गाउँपालीकाको कार्यालयबाट ११ सदस्यीय मूल समिती र वडा कार्यालयहरु बाट ९ सदस्यीय कार्यसमिती बन्ने निर्णय गरिएको छ।

गाउँपालीकाले आम सर्वसाधारण लाई यो बन्द भएको समय आफ्नै घरलाई क्वारेन्टाइन बनाउन अपिल गरेको छ।