Kanakai Online

कनकाई नगरको आफ्नै निजि पाठ्यक्रम


आइतवार, चैत ९, २०७६ |

कनकाई अनलाईन
देशकै पहिलो विद्युत चुहावट मुक्त घोषणा भएर देशमै नाम कमाएको कनकाई नगर पालिकाले यसै शैक्षिक सत्रबाट आफ्नै निजि पाठ्यक्रम लागु गर्ने भएको छ ।
निजी पाठ्यक्रम निर्माणका लागि नगरका शिक्षा प्रमुख पिताम्बर गौतमको संयोजकत्वमा पाठ्यक्रम निर्माण कार्यविध समिति समेत गठन गरि निर्माणको काम अन्तिम तयारीमा पुगिसकेको छ । समितिका सदस्यहरुमा ओम पाठक , डम्बरप्रसाद फुयाँल, आशाशर्मा शिवाकोटी, विनोद सुब्बा र टिकाप्रसाद लामिछाने सदस्य रहेको समिति गठन गरिएको छ ।

समितिले १०० पुर्णाठन गरिएको छ । समितिले १०० पुर्णाङ्गको स्थानिय पाठ्यक्रम निर्माणका लागि योदेन सुनुवार, टिका लामिछाने र डम्बरप्रसाद फुयाँल सदस्य रहेको पाठ्यक्रम निर्माण समिति समेत गठन गरिसकिएको छ । समितिले कनकाई नगरपालिकाभित्रका पर्यटकिय स्थलको प्रचार र अन्य सामाजिक तथा नैतिक शिक्षालाई समेटेर सय पुणाङ्गकको पाठ्यक्रम लागु गरि नगरपालिकाभरका निजि र सामुदायिक विद्यालयमा लागु गर्ने छन । हाल कनकाई नगरपालिकामा मात्रै १४ सरकारी विद्यालय र १८ निजि स्तरमा खुलेका विद्यालयहरु रहेका छन भने ठुलो सङ्ख्यामा निजि र सरकारी स्तरबाट खुलेका वालविकास र मन्टेश्वरी स्कुलहरु समेत रहेका छन ।