कनकाई अनलाईन ।
कोरोना भाइरसबाट वच्न यहाँस्थित कनकाई नगर क्षेत्रका सक्रिय संघ संस्थाले सावुनपानीले हात धुने अभियान संचालन गरेका छन ।
कनकाई उद्योग वाणिज्य संघ झापाको संयोजनमा कनकाई नगरपालिका ३ नम्बर वार्ड कार्यालय र यहाँका सक्रिय आधा दर्जन संघ संस्थाहरु कनकाई सामुदायिक वन, रोटरी क्लव , जेसिज, लायन्स क्लव कनकाई सुरुङ्गा, कनकाई खेलकुद प्रतिष्ठान, छठ पुजा सेवा समिति, सुनचादी व्यावसायी संघ समेतको लगानीमा कनकाई नगरपालिकाको सुरुङ्गा र घैलाडुब्बा क्षेत्र तथा झापा गाउँपालिकाको शरणामती, कामाटोली र झापा बजार क्षेत्रमा १४ स्थानमा पानीको ड्रम र साबुन राखिएको कनकाई उद्योग बाणिज्य संघका महासचिव तुलसी बिमलीले बताउँनुभयो ।