Kanakai Online

झापा गाउँपालिकाको ५ औ सभा


आइतवार, चैत २, २०७६ |

केशब चापागाईं

झापा गाउँपालीकाको ५ औं गाउँ सभा गत सुक्रबार सम्पन्न भएको छ।

गाउँपालीकाका अध्यक्ष जय नारायण शाहको अध्यक्षतामा सम्पन्न्न सभामा गाउँपालीकाका सातै वार्डका वडाध्यक्षहरुले आफ्नो वाडमा भएका प्रगती बिबरण सुनाएका थिए।सभामा वडागत योजनाहरुको शीर्षक परिवर्तन तथा बजेट हेरफेर सम्बन्धमा बहस गरिएको थियो।

झापा गापाको यसपालीको गाउँ सभाको महत्वपुर्ण कुरा वडाहरुबाट प्राप्त योजना परिबर्तनका शिर्षकहरु रहेका छन।सभाले विभिन्न योजनाका शीर्षक हरु परिबर्तन गरेको छ।वडा नं(१ मा ट्युबेल खरिदको योजना रु एक लाख संशोधन गरि शौचालय निर्माण शिर्षकमा खर्च गर्ने योजना बनाएको छ।त्यस्तै विभिन्न मर्मत सम्भार शिर्षकमा छुट्याएको रु पाँच लाख ह्युम पाइप जडानमा खर्च गर्ने योजना बनाएको छ।त्यस्तै झापा गौरबको आयोजनाको लसुना(लसुनगंज(बोर्डर सडक कालोपत्रे रु एक करोडको योजनाको शीर्षक परिबर्तन गरि हस्पिटल(सितुमारी(सालमारा सडक कालोपत्रे गर्ने योजना बनाइएको छ।

वडा नं २ मा रेडक्रस भवन निर्माण रु पाँच लाख को योजना लाई हाल संचालन नहुने भएकाले सो परिबर्तन गरी वालुवाटार बाट सृजनाबस्ती जाने सानो कन्काई नदीको फलामे पूल निर्माण गर्ने भन्ने शीर्षक परिबर्तन गरिएको छ।त्यस्तै वडा नं(३ मा रु पचहत्तर हजार बजेटमा रहेको योजनाको शीर्षक परिबर्तन गरि फूल सिंहको घरपुर्व सानो माई सम्मको बाटो ग्राबेल गर्ने योजना बनाइएको छ।त्यस्तै इस्लालको घर पश्चिम खयरबारी जाने बाटो ग्राबेल रु एक लाख लाई परिबर्तन गरि कामाटोली बजार दक्षीण काठेमिल सम्म जाने बाटो मर्मत गर्ने योजना बनाइएको छ।त्यस्तै निखिल चोक(बगानसम्म जाने बाटो ग्राबेल लाई छुट्याइएको रु दुई लाख पचास हजारलाई सुधिरको घर पुर्व बाटोमा एक बक्स पुल निर्माण गर्ने योजना बनाइएको छ।

त्यस्तै वडा नं (४ मा अफजलको घर उत्तर कलाम र जुल्लोको घर सम्म जाने बाटो ग्राबेलमा छुट्याइएको दुई लाख शिर्सकको योजना रकमान्तर गरि योजना नं १८ को वडास्तरिय मर्मत सम्भार गर्ने भनिएको छ।त्यस्तै वडा नं(६ मा वडा स्तरिय मर्मत सम्भारमा रहेको रु दुई लाख लाई परिबर्तन गरि रु एक लाख एम्बुलेन्स खरिदमा लाउने योजना बनाइएको छ।त्यस्तै भृकुटी चोक दक्षिण सन्थाल बस्तीको मन्दिर निर्माण योजनामा रहेको रु पचास हजारलाई परिबर्तन गरि सोही ठाउँको बाटो निर्माण गरिने भएको छ।त्यस्तै ह्युम पाईप खरिदको तीन लाख लाई परिबर्तन गरि रु पचास हजार विली भर्स स्कुलको प्राङ्गण मर्मत लागि दिने भनिएको छ।वडा नं(५ र वडा नं(७ का योजनाका शिर्षकहरु भने कुनै परिबर्तन भएका छैनन।

गाउँ सभाले संघिय सरकार,प्रदेस सरकार,शहरी बिकास संग पनि माग गर्ने विभिन्न बिकासका योजनाहरुको खाका तयार पारेको छ।सभामा उपाध्यक्षको कार्यबोजलाई हेरी पाचँ लाख सम्मका योजनाहरु अब वडासमितीले नै हेर्न निर्णय गरिएको प्रमुख प्रशाकिय अधिकृत जीवन निरौलाले बताए।सभामा झापा गापालाई उज्यालो गापा बनाउने अभियानमा सकृय भएर लाग्ने प्रण पनि गरिएको छ।प्रदेस सरकार,संघिय सरकार बाट आएका बजेट फृज भएर जाने भएकाले त्यस्ता बजेटहरु प्राथिमकतामा राखेर काम गर्ने पनि यो सभाले निर्णय गरेको अधिकृत निरौलाले बताए।

झापा गापाले यसपालीको गाउँ सभाबाट कृषि प्राबिधिकलाई पनि गाउँ गाउँ पुर्याउने लक्ष लिएको छ।साथै स्थानिय गाउँपालीको कानुन पनि ससक्त निर्माण गर्ने निर्णय गरेको छ।सभामा उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीले न्यायिक समितीका कामकारबाही तथा गाउँपालीकाको समग्र विकास एबम अन्य बिषय बारे प्रस्तुतिकरण गरेकी थिइन।

सभाको अन्तिम चरणमा साफ खेलमा जुडो खेलको ५२ केजी तौल समूहमा स्वर्ण पदक बिजेता बन्न सफल झापा गापा(२ कि देबीका खडकालाई दस हजार नगद सहित सम्मान पत्र बितरण गरिएको थियो।सभाको अन्त्यमा अध्यक्ष शाहले सम्रग गाउँपालीकाको बिकासमा सबैले एकाग्र भएर लाग्नु पर्ने भन्दै सभा बिर्सजन भएको घोषणा गरेका थिए।

सम्बन्धित खबर