Kanakai Online

सुखानी कपको उपाधि पनि कनकाईको पोल्टामा


शुक्रवार, फागुन ३०, २०७६ |

लीलाराज झापाली
झापाको अर्जुनधारा नगरपालिकामा भएको सुखानी शहिद स्मृति महिला गोल्डकपको उपाधि कनकाई नगरपालिकाले जितेको छ ।
यो जितसगै कनकाईले यो सिजनमा ठुला तीन प्रतियोगिता जितेर ह्रयाट्रिक पुरा गरेको छ । यसअघि कनकाईले बिर्तामोडको सोनाम गोल्डकप र यसै साता कनकाई सुरुङ्गामै संचालन भएको महिला जिल्ला स्तरीय फुटबल प्रतियोता जितेको थियो ।
शुक्रवार भएको फाइनल खेलमा डिफेन्डङ च्याङपिङ ताप्लेजुङ महिला फुटबल क्लवलाई २—१ गोल अन्तरले पराजित गर्दै कनकाईले उपाधि सहित नगद १ लाख ७५ हजार पाएको हो । ताप्लेजुङले नगद ७५ हजार रुपैँया पाएको छ । कनकाईका लागि खेलको २८ औ मिनेटमा टिम क्याप्टेन लक्ष्मी श्रेष्ठले गोल गर्दै अग्रता बनाउनुभयो ।

लक्ष्मीले वान भर्सेस वानमा गोल गर्नुभयो । उहाँले ताप्लेजङकी गोल किपर अगाडि वढेको अवस्थामा गोल गर्नुभयो । कनकाईका लागि खेलको ५९ औ मिनेटमा पुन सरिता सेर्पाले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । सरिताले निक्कै वरबाट गरेको फाउल प्रहार सोझै जालीको सम्पर्कमा पुगेको थियो । यता ताप्लेजुङका लागि एकमात्र सान्तना गोल खेल सकिन एक मिनेट बाकी छदा खेलको ६९ औ मिनेटमा पवित्रा लिम्बुले गर्नुभयो । प्रतियोगितामा विधागत प्राय सबै उपाधि समेत कनकाईको पोल्टामा परेको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी कनकाईकी कुसुम खतिवडा हुनुभयो । उहाँले नगद १२ हजार रुपैँया पाउनुभयो । यसैगरि कनकाईकै लक्ष्मी श्रेष्ठ उत्कृष्ट फरवाडर्, गोलकिपर जसोदा लावती, डिफेन्स सुस्मिता चौधरी, वुमन अफ द म्याच निहा चौधरी, टिम कोच सन्त रायमाझि हुनुभयो ।

उत्कृष्ट मिड पिल्डर ताप्लेजुङकी सुनकला राई हुनुभयो । टिम कोचले नगद ५ हजार र अन्य विधागत खेलाडीले नगद ७ हजार रुपैँया पाउनुभयो । प्रतियोगितामा फेयर प्ले झापाको पारिजात महिला टिम भयो । पारिजातले नगद १० हजार रुपैँया पाएको थियो । बिजयी तथा विधागत खेलाडीहरुलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई , सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर , प्रदेशसभा सदस्य बृख प्रधान, हिरा थापा, कनकाई नगरपालकाका प्रमुख राजेन्द्रकुमार पोखरेल,बिर्तामोडका नगरप्रमुख धु्रब शिवाकोटी लगायातले पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले प्रदेश सरकाले प्रदेश नम्बर एकलाई खेलको राजधानी बनाउन आवश्यक बजेट र निति बनाइसको बताउँनुभयो । देश लामो समय अस्थिर सरकारका कारण खेलमा ध्यान नपुगेको भन्दै अवको स्थायी तीनै तहका सरकारले खेल क्षेत्रको विकासमा ध्यान दिने बताउँनुभयो ।
२०२९ सालमा जेल सार्ने बहानामा झापा र ईलामको सिमाना सुखानीमा लगी हत्या गरिएको झापाली ५ शहिदको नामबाट हरेक बर्ष यस क्षेत्रमा महिला गोल्डकपको आयोजना गरिदै आएको छ । यस गोल्डकपमा प्रदेश नम्बर एकका १० महिला टिमको सहभागिता रहेको थियो ।
फोटो उपाधिका साथ बिजयी कनकाई नगरपालिकाको महिला टिम तस्वीर लीलाराज झापाली

सम्बन्धित खबर