Kanakai Online

टोल विकास समितिमा श्रेष्ठ


शनिवार, फागुन २४, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाको मातहतमा रहनेगरि यस क्षेत्रमा टोल विकास समिति धमाधम गठन सुरु भएको छ ।
कनकाई नगरपालिकाको राजधानी कनकाई नगरपालिका ३ नम्बर वार्डमा मात्रै २७ बटा टोल विकास समिति गठन हुने कनकाई नगरपालिका ३ का वार्डसदस्य सुष्मा परियारले जानकारी दिनुभयो । परियारकै सभापतित्वमा भएको भेलाले बिजय कुमार श्रेष्ठको अध्यक्षतामा कनकाई ३ को कनकाई टोल गठन भएको हो । योगमाया पार्क देखि उत्तर र कनकाई स्कुल चौरीदेखि दक्षिणमा बसोवास गर्ने हरुमा गठन भएको सो टोल विकास समितिको सचिवमा लीलाप्रसाद भेट्वाल र कोषाध्क्षमा दिपचन राई रहनुभएको छ ।

समितिको सदस्यहरुमा पदमप्रसाद मैनाली, धनबहादुर बोगटी, नर्बदा भेट्वाल, गोपाल शिवाकोटी , रमेश मैनाली र लीलामाया चम्लगाई रहनुभएको छ ।
टोल विकास समितिले धनीपुर्जा बितरण, घरनम्बर बितरण लगायाका सामाजिम र विकास निर्माणमा नगरपालिका र वार्ड समितिसग समन्वय गरि काम गर्ने कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डसदस्य युवराज चम्लगाईले बताउँनुभयो ।