कनकाई अनलाईन
कनकाई नगरपालिकाका कमजोर आर्थिक स्थिति भएका ४८१ घरपरिवारलाई नेपाल विद्युत प्राधिकरणले निशुल्क विद्युत मिटर बितरण गरेको छ ।
नेपालमै पहिलो बिद्युत चुहावट मुक्त स्थानिय तह घोषणा भएको यो नगरपालिकामा प्राधिकरणको आर्थिक सहयोगमा घरमा मिटर नभएका, बिजुली बाल्न नपाएका र अरुको घरबाट बिजुली तानेर बालिरहेका गरिब परिवारलाई उक्त मिटर वितरण गरिएको विद्युत प्राधिकरण बिर्तामोडका प्रमुख बिरेन्द्रप्रसाद सिंहले बताउनुभयो ।
मिटर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, कनकाई नगरपालिका वार्डनम्बर ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्बा ,समाजसेवी श्यामसुन्दर ओली लगायातले परिवारमा हस्तानतरण गर्नुभएको थियो । नगरप्रमुख पोखरेलले गरिब परिवारमा मिटर बितरणपछि कनकाई नगरपालिकालाई चाडै उज्यालो नगरि घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।