Kanakai Online

झापामा काठ तस्करमाथि वनरक्षक आक्रमक २ जना पक्राउ


बुधवार, फागुन ७, २०७६ |

कनकाई अनलाईन
झापामा पछिल्लो समय काठ चोरी तस्करीको घटना वढेसगै डिभिजन वन कार्यालय र शसस्त्र वन रक्षक टोलीले आफ्नो गतिविधि समेत बढाएको छ ।
बुधवार कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाको शसस्त्र वन रक्षक टोली र दहिझोडा सामुदायिक वनसमुहको गस्ती टोलीको अर्जुनधारा नगरपालिका ४ स्थित दहिझोडा सामुदायिक वन क्षेत्रभित्र राती डेढ बजेको समयमा करिव २५ जनाको समुहमा रहेको काठ चोरीमा संग्लन युवासग जम्काभेट हुदा एक जना काठ चोरीमा संग्लन युवा पक्राउ परेका छन ।

ठुलो समुहमा रहेका काठ चोरीमा संग्लन युवा समुहले वन गस्ती टोलीमाथि ढुङ्गा प्रहार गरेपछि गस्ती टोलीले समेत एक राउण्ड गोली प्रहार गरेको शसस्त्र वन रक्षक टोलीका जमदार हरि विश्वकर्माले बताउनुभयो । गस्ती टोलीले गोली चलाएपछि चोरीमा संग्लन युवाहरुविच भागदौड मच्चिएको थियो । गस्ती टोलीले काठ चोरीमा संग्लन माई नगरपालिका २ चेप्टी निवासी २८ बर्षिय सन्तोस विकलाई पक्राउ गरिएको छ । गस्ती टोलीले उनीहरुले छाडेर गएको १६ क्युविक साखु जातको चिरान काठ समेत बरामद गरेको छ । बरामद काठ कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा राखिएको र पक्राउ परेका विकलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको कनकाई सव डिभिजन वन कार्यालयका रेन्जर राजेश घिमिरेले बताउँनुभयो ।
यसैविच सशस्त्र वन रक्षक टोलीले को १ च ६४०४ नम्बरको पिकअप भेनमा लुकाई अन्यत्र लैजादै गरेको ४६ क्युविक साखु जातका काठ सहित गौरादह नगरपालिका निवासी सवारी चालक देवबहादुर थापालाई पक्राउ गरेको छ । गाडीमा अन्य सामाग्रीले लुकाई दमकबाट विर्तामोडतर्फ लैजादै गरेको सो काठ कनकाई नगरपालिकामा शंका लागि चेकजाँच गर्दा सो परिमाणको काठ फेला परेको र बरामद काठ तथा व्याक्तिलाई आवश्यक कार्वाहीका लागि पठाइसकिएको घिमिरेले बताउँनुभयो ।
तस्वीर ः बरामद काठ र सवारी पिकअप भ्यान तथा बरामद काठ कनकाई सव डिभिजन वन कार्यालयमा फोटो ः लीलाराज झापाली

सम्बन्धित खबर