Kanakai Online

देशकै जेठो अखबार गोरखापत्र अब कोहलपुरबाट पनि प्रकाशन


बुधवार, फागुन ७, २०७६ |

कनकाई अनलाईन
बाँकेको कोहलपुरमा गोरखापत्रको कोहलपुर संस्करण सुभारम्भ गरिएको छ ।

बुधबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरि कोहलपुर संस्करणको सुभारम्भ गरिएको हो । गोरखापत्र स्थापना भएको करिब १ सय १९ वर्षपछि कोहलपुरबाट गोरखा पत्रको संस्करण औपचारीक रुपमा प्रकाशन सुरु गरिएको गोरखापत्रका प्रधान सम्पादक श्रीओम श्रेष्ठले जानकारी दिए ।

प्रजातन्त्र दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गोरखापत्र कोहलपुर संकरणको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गोरखापत्रलाई सरकारी रुपमा भन्दापनि जनताको आवाजका रुपमा विकास गर्दै लैजानु पर्ने धारणा व्यक्त गरे । बाँस्कोटाले प्रेस जगतले नकारात्क पक्ष मात्रै नभई सकारात्मक पक्षलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनले समाचार लेख्दा एक पक्षको मात्र नभई दुवैपक्षको कुरालाई स्थान दिन आग्रह गरे । विकास र परिवर्तनका खबर गोरखापत्रमा आउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रमम प्रदेश नम्बर ५ कि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले गोरखापत्रको संस्करण कोहलपुरबाट सुभारम्भ हुनु यहाँका जनताको लागि गर्वको विषय भएको बताईन् । मन्त्री पौडेलले गोरखापत्रले यहाँका विषयवस्तुहरुलाई गोरखापत्रले स्थान दिनुपर्ने बताईन् । कार्यक्रममा प्रदेश ५ कोसंघिय साँसद महेश्वर गहतराज अथक, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत लगाएतले गोरखापत्रले कोहलपुरबाट आफ्नो संकरण प्रकाशन सुरु गरेको भन्दै खुसी ब्यक्त गरे ।

सुदूरपश्चिम, कर्णाली र ५ नं। प्रदेशलाई लक्षित गर्दै कोहलपुरबाट गोरखापत्रको संकरण सुरु गरीएको गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले बताए । गोरखापत्रबाट काठमाण्डौंबाट प्रकाशन हुने राष्ट्रिय पत्रिका हो । बिराटनगरबाट पनि यसको संस्करण प्रकाशनमा आईरहेको छ भने हाल कोहलपुरबाट गोरखापत्र र दि राइजिङ नेपालको प्रकाशन शुरु भएको छ ।

सम्बन्धित खबर