Kanakai Online

सुरुङ्गाका युवा व्यावसायी अग्रवाल रहेनन


आइतवार, फागुन ४, २०७६ |

कनकाई अनलाईन ।
झापाका पूराना व्यावसायी मध्येमा मानिने अग्रवाल परिवारमा शोक परेको छ ।
झापा सुरुङ्गाका युवा व्यावसायी दिनेश अग्रवालको आज विहान उपचारका क्रममा निधन भएको छ । ४० बर्षिय दिनेश अग्रवाल कालुको आज विहान उपचारका क्रममा विर्तासिटी अस्पतालमा निधन भएको छ । अग्रवाल सुरुङ्गामा लामो समयदेखि सुरुङ्गा हाट लगायात झापाका विभिन्न हटियामा थान कपडा तथा केहि बर्षदेखि आफ्नै घर सुरुङ्गास्थित झापा रोडमा थान कपडाको पसल गर्दै आएका थिए । उनीका २ दाजुहरु रोषन अग्रवाल र लीलु अग्रवाल समेत सुरुङ्गाका स्थापित व्यावसायी हुन । दिनेश कान्छा भाई हुन ।

उनीहरुकी एक दिदी भारतको सिलगुडीमा रहनुभएको छ । आजै ११ बजे कनकाई माइमा उहाँको अन्तिम संस्कार गरिने दिनेशका मित्र तथा स्थापित रङ्गकर्मी राजेश घतानीले कनकाईलाई बताउँनुभयो । दिनेश लामो समयदेखि जन्डिस लगायातका पेट सम्बन्धि रोगले थलिनुभएको थियो । उहाँको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भएको थियो । तर दैवको नियति औषधिले समेत उहाँलाई बचाउन सकेन अलविदा कालु । दिंवगत दिनेश अग्रवालप्रति कनकाई अनलाईन परिवार दुःख तथा समवेदना व्याक्त गर्दछ ।

सम्बन्धित खबर