Kanakai Online

अर्गानिक खेतीका लागि लोकल प्रजातिका गाई


शुक्रवार, फागुन २, २०७६ |

कनकाई अनलाईन
अत्याधिक रासायनिक मलखादका कारण झापाको कृषकको खेत बिग्रिएपछि माटोको उर्बराशक्ति बढाउन र आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि झापाका कृषलाई लोकल प्रजातिका गाई बितरण अभियान थालिएको छ ।

झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट हरियाली अभियान अन्र्तगत कृषकलाई लोकल प्रजातिको गाई निशुल्क वितरण गर्न सुरु गरिएको हो ।
झापामा मात्रै यस अभियान अर्नगत १६० कृषक समुह गठन गरिएको र समुहमा ८०० लोकल प्रजातिको गाई वितरण गरिने हरियाली अभियानका झापा जिल्ला संयोजक गोपाल आचार्यले बताउँनुभयो ।
झापाका लागि कनकाई सुरुङ्गाबाट कृषकलाई लोकल प्रजातिका गाईहरु कैलाली जिल्लाको बर्दगोरिया र घोडाघोडी नगरपालिकाबाट ल्याएका २७ वटा लोकल प्रजातिका गाइका वाच्छाहरु कनकाई नगरपालिका वार्डनम्बर ४ का वार्डसदस्य रोषन सुवेदीले स्थानीय कृषकहरुलाई वितरण गरेर यस अभियानको सुभारम्भ गर्नुभयो ।
अभियानका संयोजक आचार्यका अनुसार प्रत्येक कृषक समुहलाई ५ ओटाका दरले गाई निशुल्क वितरण गरिने छ तर कृषकहरुले गाई ल्याउदा लागेको गाडीभाडा वापतको सामान्य यातायात खर्च भने व्यहोर्नु पर्ने छ ।
अभियानले दिएको गाई पाएपछि आफुले लामो समयदेखि वढी उत्पादन हुने लोभले रासयनिक मलको खेतमा प्रयोग गर्दै आएकोमा अव खेती गर्दा एक किलोपनि रासयनिक मलको प्रयोग नर्गने कनकाई नगरपालिका ४ का कन्चन हरियाली कृषक समुहका कृषक खेमनाथ खनालले बताउँनुभयो ।
यो अभियानले पश्चिममा छाडा छोडिएका गाइलाई पूर्वमा ल्याएर गाईको गोबर र पिसाव प्रयोग गरि सुद्ध आर्गनिक खेती लगाइने र गाईको दुधसमेत आर्गनिकनै प्रयोग गर्न स्थानीयलाई प्रेरित गरिने अभियानको कार्यक्रम रहेको बताइएको छ ।
नेपाल आर्गनिक खेतीमा आत्मनिर्भर भई यहाबाट उत्पादित तरकारीलाई आर्गनिक मापदण्ड पुर्याइ खाडी मुलुक तथा तेस्रो मुलुकमा समेत निर्यातको प्रवन्ध मिलाइएको अभियानकर्मी आचार्यले बताउँनुभयो ।
नेपालको सुदुरपूर्व झापा सगै मोरङ,इलाम,धनकुटा, भोजपुर,बर्दिया, कैलाली, बझाङ,अछाम,कालिकोट र अर्घाखाचीमा यो अभियान चलिरहेको छ ।
झापा जिल्लामा भने कनकाई नगरपालिका, शिवसताक्षी, अर्जुनधारा, कमल, हल्दिवारी झापा गाउँपालिका लगायातमा यस अभियानमा १६० हरियाली कृषक समुह गठन भइ अभियानमा जोडिसकेको संयोजक आचार्यले बताउँनुभयो ।
अभियान अन्र्तगर नेपालका अति रासायनिक मल प्रयोगहुने मोरङ, धनकुटा, इलाम,भोजपुर,बर्दिया, कालीकोट लगायातका जिल्लाहरुमा समुह बनाइ गोबरमलका लागि लोकल प्रजातिको गाइहरु हरियाली अभियानले बितरण गरिरहेको आचार्यले बताउँनुभयो ।
तस्वीर ः कृषकलाई लोकल प्रजातिको गाइ वितरण गर्दै जनप्रतिनिधि सुवेदी र संयोजक आचार्य फोटो ः लीलाराज झापाली÷बिर्तामोड

सम्बन्धित खबर