कनकाई अनलाईन
गत मंगलवार झापाको विर्तामोड २ चारपानेमा जलाएर हत्या गरिएका भारतीय नागरिक सुभान शेखको हत्या आफ्नै साथीबाट भएको खुलेको छ ।
प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि उनका साथीहरु बिर्तामोड नगरपालिका २ का १८ बर्षिय लक्ष्मण यादव र २० बर्षिय करण चौधरीले मादक पदार्थ सेवन गरि सोमवार साँझ मदिरा सेवन गरि शेख र उनीहरुविच विवाद भएको र विवाद वढ्दै गएपछि यादव र चौधरीले इटा ढुङ्गा प्रहार गरि हत्या घाइते बनाइको र चाडै शेखको मृत्युहोस भनेर लिङ्ग समेत काटि नजिक्कै रहेको परालको थुप्रोमा घाइते शेखलाई हाली आगो लगाएको सवुती बयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउँनुभयो ।
मृतक शेख र उनका साथीहरु नजिक्कै रहेको बुद्धिमाया राइको मदिरा पसलमा सोमवार साँझ मदिरा सेवन गरेका थिए । उनीहरु सबैजना मजदुर हुन । मदिरा सेवनका क्रममा झगडा भएपछि चौधरीद्धय उठेर गएको र पछि पुन फर्किएर आई ढुङ्गा र इटाको प्रयोग गरि थप आक्रमण गरेको प्रहरीसामु वयान दिएको प्रहरी प्रमुख कोइरालाले बताउँनुभएको छ । शेख सक्त घाइते बनेपछि चाडै मार्नका लागि चक्कुले लिङ्ग काटेको र स्थानीय ऐनकुमार राजवंशीको खेतमा थुपारेको परालको थुप्रोमा घाइते शेखलाई घिर्सादै लगि आगो लगाइदिएको बयान दिएका छन । प्रहरीले उनीहरुबाट हत्या गर्न प्रयोग गरिएको चक्कु ढुङ्गा, इटा र शेखलाई जलाउन प्रयोग गरिएको लाइटर, मदिरा पसलबाट खरिद गरेको चुरोट समेत बरामद गरेको सार्वजनिक गरेको छ । हत्यापछि पनि भोलीपल्ट बिहान उनीहरुले ३ पटकसम्म शेखको जलेको शव हेरेको वयान दिएका छन ।
मिडियाले लिङ्ग काटीएको अवस्थामा शवको प्रकृति देखिएपछि यौन सग जोडेर प्रचार गरिएपनि घटना मदिराको आवेगमा भएको पुष्टि भएको पनि प्रहरी प्रमुख कोइरालाले पत्रकार सम्मेलनमा बताउँनुभयो । हत्या गरेको स्वीकार गरिसकेका चौधरीद्धयलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखि थप अनुसन्धान जारी राखिएको समेत कोइरालाले बताउँनुभयो । हत्या गरिएका शेख भारतीय नागरिक हुन उनी १० बर्षदेखि सोही स्थानमा रहि मजदुरी गर्दै आएका थिए ।