Kanakai Online

चारपानेमा जिउदै जलाएर हत्या, ३ नियन्त्रणमा


मङ्गलवार, माघ २१, २०७६ |

कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा एक व्याक्तिलाई जलाएर बिभत्स हत्या गरिएको छ ।
नाम थर वतन नखुलेका एक व्यक्तिको शव स्थानीय ऐनबहादुर राजवंशीको धानको कुन्युमा ती व्याक्तिको मंगलबार विहान जलेको अवस्थामा शव फेला परेको हो ।
मृतकको लिङ्ग समेत काटेर सव छेउमै भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता समेत रहनुभएका डिएससी महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयो ।
प्रहरीले यो समाचार तयार पार्दासम्म जलेको शव कसको हो भनेर पत्ता लगाउन सकेको छैन । हत्याराको खोजीका लागि संघिय प्रहरी इकाई धरानबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको छ । तर तालिमप्राप्त कुकुरले समेत घटनास्थलदेखि १ सय १५ मिटर दक्षिणमा रहेको पुर्वंपश्चिम राजमार्गसम्ममात्रै पहिल्याएको छ ।
प्रहरीले राजमार्गबाट उक्त व्याक्ति यातायातको साधन प्रयोग गरेर अन्यत्र गएको हुनसक्ने अड्कल काटेको छ । सोही परालको घरधनी राजवंशीको घरमा डेरागरिबस्ने भारतीय नागरिक सुवान शेख समेत हराइरहेकोले शव उनकै हुनसक्ने प्रहरीको अनुमान छ । तर मृतकको शव जलेर पहिचानै हुन नसक्ने अवस्थामा रहेकोले प्रहरीले उनै शेखकी श्रीमती र घरधनी लगायातसग सोधपुछ गरिरहेको छ । हराइरहेको व्याक्तिको कोठाको चावी शव छेउमै फेला परेको छ भने उनले प्रयोग गर्ने मोवाइलफोन समेत घरको कोठामा रहेकोले उनकै शव हुनसक्ने अड्कल काटिएको छ । घरधनी राजवंशीले राती १२ बजेको समयमा कसैले आफ्नो परालको कुन्युमा आगो सल्काइदिएको वयान दिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताउँनुभयो ।
शेख सामान्य मजदुरी गर्दै आएका थिए भने उनी स्थानीय एक महिलासग विवाह समेत गरेर त्यहि राजवंशीकोमा कोठाभाडामा लिएर बस्दै आएका थिए ।
शवको शवलाई पोष्ट म्याटमका लागि अस्पतालमा पठाइएको छ भने घटनास्थल नजिकैका वेपत्ता भएका शेखकी श्रीमती शुष्मा शेख, सासू पारु शेख, र ससुरा रहमान शेखलाई नियन्त्रणमा लिएर बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

तस्वीर ः हत्यारा पत्ता लगाउन तालिमप्राप्त कुकुरको प्रयोग गर्दै प्रहरी फोटो लीलाराज झापाली