Kanakai Online

गोहीखाडी कृषि सहकारीको अध्यक्षमा पुन रिजाल


बुधवार, माघ ८, २०७६ |

कनकाई अनलाईन
सुरुङ्गा । गोहिखाडी कृषि सहकारी संस्था लिमिटेडको चौथो साधरणसभा एवम् दोस्रो अधिवेशनबाट पुन चन्द्रप्रसाद रिजालको नेतृत्वमा पुन नयाँ समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा मानबहादुर पौडेल सचिवमा दुर्गाप्रसाद प्रसाई कोषाध्यक्षमा दिपक भट्टराई र सदस्यहरुमा नारायण पोखरेल , श्यामबहादुर कार्की, गंगाबहादुर विष्ट, विमला पाण्डे,टिकामाया उप्रेती, सचिन तामाङ्ग लामा र धनकुमारी प्रसाई रहनुभएको छ ।
समितिको लेखा समितिको संयोजकमा केवल उप्रेती र सदस्यहरुमा राम बजगाई र मनिता ढकाल रहनुभएको छ भने ऋण उपसमितिमा संयोजकमा सचिन तामाङ्ग लामा र सदस्यहरुमा मेघराज आचार्य र मुनामाया बस्नेत, शिक्षासमितिमा संयोजक दिपक भट्टराई सदस्यहरुमा मथुरा भट्टराई र भक्तिविलाश चुडाल रहनुभएको छ ।
यसैगरि सल्लाहकारहरुमा टिकाप्रसाद लामिछाने, खेमराज कार्की, रामबहादुर नेउपाने, भक्तप्रसाद सिटौला, शान्तिराम आचार्य, जयप्रसाद ढकाल र राजेन्द्रकुमार उप्रेती रहनुभएको छ ।
साधरणसभाले कृषि सहकारीलाई बचत तथा ऋण सहकारीमा लैजाने र सहकारीलाई मर्चका लागि सहारा साकोससग अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा वार्डसदस्य युवराज चम्लगाई, कनकाई नगरपालिका सहकारी अधिकृत हरिप्रसाद पौड्याल , सहारा नेपालका उपाध्यक्ष उपेन्द्र ओली, प्रगतिपथ कृषि सहकारीका गोकर्णप्रसाद ओझा, साना मझौलाका राजेन्द्र उप्रेती , मार्गदर्शन नेपालका उपाध्यक्ष रुद्र गौतम, नमुना युवा क्लवका अध्यक्ष रामप्रसाद बजगाँई, शिवपाञ्चायन मन्दिरका अध्यक्ष रामप्रसाद नेउपाने, कनकाई कृषि समुहका अध्यक्ष लोकनाथ घिमिरे दिव्यरत्न बोर्डिङ स्कुलका पदमप्रसाद मैनाली लगायातको आथित्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष दिपक भट्टराईले आर्थिक बर्ष २०७५÷७६ को ५३ लाख ९ हजार र आर्थिक बर्ष २०७६\७७ को अनुमानित ६५ लाख बराबरको आयव्यय प्रस्तुत गर्नुभयो ।