कनकाई अनलाईन
जामुनवारी । जनतामाविको भुतपुर्व विद्यार्थीहरुको पुनरमिलन कार्याक्रम सम्पन्न भएको छ ।
भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष सोमनाथ उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हेमराम कार्की, प्रअ तारानाथ रिजाल, कनकाई माविका प्रअ कर्ण डाँगी , लालपानी माविका प्रअ बालकृष्ण प्रसाई, रुद्र बजगाई, प्रम प्रभात, जनक कार्की कलाकार दिपेश प्रसाई लगायातले भुतपुर्व विद्यार्थीको माध्यमबाट विद्यालयको भौतिक र शैक्षिक प्रगतिमा सहयोग पुग्ने बताउँनुभयो ।
सोही अवशरमा भुतपुर्व विद्यार्थी समाजले विद्याललाई सहयोग पुर्याउने उद्धेश्यले अक्षयकोषको समेत स्थापना गरिएको छ ।
कार्यक्रमको स्वागत सहसचिव रोहित पोद्धारले र संचालन सचिव केशव बजगाईले गर्नुभएको थियो ।