कनकाई अनलाईन
लालपानी माध्यमिक विघालय शिवसताक्षी–७ लालपानी झापाको ५३औं बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिक उत्सका अवसरमा विभिन्न खेलकुदका विजेता तथा उत्कृउण्ष्ट विघार्थी एंव शिक्षकहरुलाई पुरस्कृत गरिएको छ ।
झापा क्षेत्र नम्बर ४ ख का सांसद हिरा थापाको प्रमुख आतिथ्थमा सम्पन्न कार्यक्रमका विच स्व. श्याम पाठक स्मृति अक्षयकोषबाट बिघालयका क्भ्भ् उत्कृष्ट अंक ल्याउने विघार्थीलाई पुरस्कृत गरिएको थियो ।
रिज ओझा, शान्ता वि.क. र कृष्ण मर्डीलाई क्रमशं ६ हजार ३ हजार र २ हजार रुपैंया पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै विघालयमा स्थापित स्व. विनिता चुडाल स्मृति अक्षयकोषबाट कक्षा ८ का प्रथम अमल मुण्डा, दुतिया दुर्गा चुडाल र तृतिया सविन वि.का तथा कक्षा ७ की प्रथम शुष्मा कार्की र कक्षा ६ की प्रथम प्रकृति फुयांललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै दलित परिवारलाई प्रदान गरिने कविराज जमुना स्मृति पुरस्कारबाट मडिका मर्डी र सविन वि.क. पुरस्कृत भएका थियो ।
वर्षिक उत्सबकै अवसरमा बर्ष शिक्षकको रुपमा शिक्षक नगेन्द सूवेदी तथा वर्ष अभिभावकको रुपमा मनमाया फुयांल र विजय मण्डललाई सम्मान गरिएको थियो । विघालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद संग्रौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन प्रधानध्यपक बालकृष्ण प्रसाईले प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्दै प्रधानध्यापक प्रसाईले आयमी शौक्षिकसत्र देखि कक्षा ११ र १२ संचालन गरिने जानकारी दिनु भयो ।
कर्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा युवा तथा खोलकुद शाखा प्रमुख सुरेन्द दाहाल, शिक्षा विकाश तथा समन्वय कनकाई झापाका भोला दाहाल नेपाल रेडक्रस सोसाईटी सुरुङ्गाका सभापति प्रविण तिम्सीना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शिक्षक त्रिलोचन उप्रेतिले संचालन गर्नु भएको कार्यक्रमको स्वागत शिक्षक जिवन प्रसाद ढकालले गर्नु भएको थियो ।
यसैविच कनकाई ५ र शिवसताक्षी ७ का अभिभावकविच भएको डोरी तान्ने खेलमा शिवसताक्षी ७ बिजयी भएको थियो ।
कर्यक्रममा अभिभावक,शिक्षक,विघार्थी लगायतका विभिन्न मैत्रिपुण खेल तथा सास्कृतिक कर्यक्रम भएको थियो