कनकाई अनलाईन ।
छोरी मान्छेलाई मात्रै किरियामा राख्दा पिण्ड मिलन कर्ममा अप्ठ्यारो हुने तथा दशगात्र किरियामा समस्या हुने भन्दै खनाल बन्धु सेवा समाजले आफ्नै बन्धुलाई किरियामा राखि काम गराएका छन ।
कनकाई नगरपालिका ३ सुरुङ्गा एकान्त टोलमा गत पुस १५ गते फोक्सोको बिरामबाट पिडित भई ४० बर्षिय टिकाराम खनालको मृत्यु भएको थियो । श्रीमती समेत अर्कैसग बिवाह गरेर गएकी र आफ्ना साना दुई छोरीमात्रै भएकोले बन्धुहरुले टिकारामको किरियाका लागि खनाल बन्धु सेवा समितिका जिल्ला सदस्य टंकनाथ खनाललाई किरिया कर्ममा लगाएका हुन । खनालका दुई छोरी ८ बर्षिय सीता र १३ बर्षिय भावनामात्रै काममा बसेको देखेर महिलामात्रैले दशगात्र काम गर्दा पिण्ड मिलन लगायातका काममा समस्या हुने र साना छोरीहरुलाई दैनिक गरिने किरियाकर्मका काममा समेत समस्या हुने भएकोले बन्धुहरुले सल्लाह गरेर काममा लगाएको खनाल सेवा समाज कनकाईका अध्यक्ष खगेन्द्रप्रसाद खनालले बताउँनुभयो ।
शास्त्रमा महिलालेमात्रै किरिया कर्म गर्न हुने वा नहुने भन्नेवारेमा केहि उल्लेख गरेको नभएपनि केश मुण्डन गर्न अप्ठ्यारो हुने तथा महिनावारी हुदा तथा पिण्ड मिलन कार्यक्रममा अप्ठ्यारो पर्ने हुदा छोरीहरुको साथमा बन्धुहरुबाट समेत काममा राखिएको दशगात्र कर्म गराईरहनुभएका पंण्डित कैलास न्यौपानेले बताउँनुभयो । खनालको मृत्युपछि उहाँको काम हाल कनकाई नगरपालिका ३ सर्वेश्वर मन्दिरमा भइरहेको छ । पहिला केहिदिनसम्म साना छोरीहरुले मात्रै काम गर्दै आएकोमा पिण्ड मिलन लगायातका काममा लागि बन्धु सेवा समाजबाट खनाललाई बन्धुबाट काममा राखि सुरुदेखिको कर्म पुन सुरु गरिएको पंण्डित न्यौपानेले बताउँनुभयो ।
फोटो ः दशगात्र काममा रहेका खनालका दुई छोरी