कनकाई अनलाईन
कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको निर्देशनमा अनाधिकृत रुपमा जेसिभीको प्रयोग गरि विरिङ खोलाको दोहन गर्ने एक जेसिभी र ३ बटा ट्रिपरलाई नियन्त्रणमा लिई २१ ह्जार जरिमाना गराइएको छ ।
ठेकेदारले कनकाई नगरपालिका विरिङ खोलामा जथाभावी रुपमा मेशिनको प्रयोग गरि नदि दोहन गरेको खबर पाएपछि पोखरेल नेतृत्वको टोलीले खोलामा रहेको जेसिभी र ३ ट्रिपरलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएको सबै ट्रिपर र जेसिभी पहिलो पटक परेकाले २१ हजार रुपैँया जरिमाना गरिएर एकपटकलाई सम्झाई छाडिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
आइन्दा पुन यस्तो क्रियाकलाप जारी राखेमा मेशीनै जफत गर्न सकिने समेत पोखरेलले बताउँनुभयो । पछिल्लो समय ठेकेदारले वढी कमाउने चक्करमा कानुनी रुपमा खोलाको दोहन गर्न ठेकेदारले खोलाभित्रै मेशिन हालेर नदिजन्य पदार्थ निकाल्न थालेपनि यस विरुद्धमा कनकाई नगरपालिका समेत कडाई भएर लागेको छ । कनकाई नगरपालिकाको यस कदमलाई वातावरणविदले स्वागत गरेका छन ।